वित्तीय संस्था संघको आयोजनामा एनएफआरएस तालिम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 02:35:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वित्तीय संस्था संघको आयोजनामा दुई दिने नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धीमा तालिम आजबाट सुरुवात भएको छ । वित्तीय संस्थामा कार्यरत विभागीय प्रमुखहरुलाई उक्त प्रतिवेदन मानका सम्बन्धमा विस्तृत रुपमा सुसुचित गराउने एवं दुई वर्ष पछि वित्तीय प्रतिवेदन मान लागु गर्न आवश्यक तयारी स्वरुप तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सह आयोजक एस ए आर एडभाइजर्सका सञ्चालक रमेश कुमार धितालले नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रतिवेदन मान लागु गर्न आवश्यक पूर्वाधार विकासको लागि सहजीकरण गर्न एवं क्रमिक रुपमा लागु गर्ने गरी तालिका लागु गर्न समेत अनुरोध गरे ।

कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशन विश्रुत थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकले समेत वित्तीय प्रतिवेदन मान ९ लागु गर्ने सन्दर्भमा आवश्यक तयारी गरिरहेको जानकारी गराए।

कार्यक्रममा विभिन्न फाइनान्स कम्पनीबाट वित्त, कर्जा, जोखिम, आन्तरिक लेखापरीषण, सञ्चालन लगायतका विभागका विभागीय प्रमुख तथा कार्यतर ४५ जना भन्दा बढी सहभागीको सहभागीता रहेको छ भने उद्घाटन सत्रमा विभिन्न फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रममा स्रोत व्यक्तिको रुपमा इवाई श्रीलंकाका विज्ञ राजिथ परेरा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved