मल्टीपर्पस फाइनान्सको नाफा १४७४ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 04:24:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीपर्पस फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेको छ । सार्वजानिक विवरण नुसार फाइनान्सले यो अवधिमा आफ्नो मुनाफा उल्लेख्य वृद्धि गरेको छ । 

समिक्षा अवधिमा मल्टीपर्पस फाइनान्सले ६५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा १४७४.१६ प्रतिशतले ले बढी हो । गत वर्ष कम्पनीले ४ लाख १८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उच्च दरले बढेसँगै खुद नाफामा वृद्धि भएको हो । यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २९७.६६ प्रतिशत र खुद सञ्चालन नाफा ९८९‍.४५ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीले १ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ६२ लाख ९७ हजार खुद सञ्चालन नाफा गरेको छ ।

हाल  ५९ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा  ६ करोड २३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी ३७ पैसाबाट बढेर ४ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ९५ पैसा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved