समृद्धि फाइनान्सको आयोजनामा काठमाडौमा साइकल र्याली कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 04:12:43 PM मा प्रकाशित

laxmi  sunrise bank

“जिवनको लागि स्वास्थ्य” भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विहिवार साइकल र्याली गरेको छ । शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्ड बाट सुरु भएको र्याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदैं पुन शुरु भएको स्थानमा आएर समाप्त भएको थियो ।

सो ¥यालीमा सर्मद्धि फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, संचालक विनोद कुमार सुवेदि, संचालक जे.वि. हमाल, सि.ई.ओ. टिका निधी लोहनी साथै फाइनान्सका १९ जना कर्मचारीहरुको सहभागिता रहेको जनाइएको छ । 

समृद्धि फाइनान्स कम्पनीले यहि कार्तिक २५ गते २२ औं वार्षिकोत्सव मनाउँदै छ । यस वार्षिकोत्सवको उपलक्ष्यमा समृद्धि फाइनान्सले कार्तिक १९ गते देखि २५ गते सम्म वार्षिकउत्सव सप्ताह मनाउदै विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ ।

कार्तिक १९ गते पुतलीसडक शाखा र कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई तथा डस्बिन वितरण कार्यक्रम गरिसकेको फाइनान्सले जनाएको छ । साथै भोली प्रधान कार्यालय लगायत सम्पुर्ण शाखाहरुबाट केक काटी आफ्ना ग्राहकहरुका साथ २२ औं वर्षमा प्रवेश भएको उत्सव मनाउँदै छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved