समृद्धि फाइनान्सद्वारा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2024 | 06:36:12 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गैर शाखा कार्यालयबाट हरिपुर न.पा. वडा नं. ०९ पिडारी चोकका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु तथा अन्य बचतकर्ताहरुले फाइनान्सबाट लाभांशित हुन सक्ने सेवा सुविधाहरु तथा वित्तिय परामर्शको बारेमा विस्तृत अन्तरक्रिया गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त कार्यक्रममा फाइनान्सबाट उपलब्ध गराईएको सुविधाहरुको पूर्ण सदुपयोग गर्ने सम्बन्धि अन्तरक्रिया गर्दै व्यवसायीहरुसँग अझ प्रगाड सम्बन्ध बनाउन फाइनान्सले गर्नुपर्ने कार्यहरुलाई मुख्य विषय बनाइएको थियो । ३५ जना स्थानीय व्यवसायी तथा बचतकर्ताहरुको सहभागीतामा सम्पन्न भएको उक्त कार्यक्रममा साधारण, चल्ती तथा मुद्दती खाता, कर्जा विवरण तथा विद्युतीय बैकिङ सुविधाको विषयमा जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तिय सेवामा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको कम्पनीले जनाएको छ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved