समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्ने जनशक्ति भेटिएन, फेरी दरखास्त आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 09:22:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनको लागि एक जना संयोजक माग गरेको छ । राष्ट्र बैंकले आज चैत्र ७ गते दोस्रो पटक सूचना जारी गर्दै फेरी दरखास्त आह्वान गरेको हो ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज १ जना संयोजक पदको लागि खुला दरखास्त आह्वान गरेको हो ।

राष्ट्र बैंकले योग्य तथा इच्छुक नागरिकलाई २०८० चैत्र १३ गते मंगलबारसम्म  दरखास्त फाराम पेस गर्न आह्वान गरेको छ। दरखास्त पेस गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र ( उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र समेत), अनुभवका कागजात एवम् छनौट समितिले तोकेका अन्यकाग जात संलग्न गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ। 

व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञले आवेदन दिन सक्ने छन् ।

अन्य जानकारी :

-सेवाअवधि : १ (एक) वर्ष (आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६ / ६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने) ।

-दरखास्त दिने अन्तिम मिति (२०८०/१२/१३) मा उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

-परीक्षाको किसिम : कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता ।

-दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा प्रकाशन गरिनेछ ।

-पारिश्रमिक तथा अन्य सुविधाहरू: रु.१,२६,३००/- (अक्षरेपि एक लाख छब्बीस हजार तीन सय मात्र) मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गरिनेछ । दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ। सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान गरिने छैन । साथै, भैपरि आउने बिदा वार्षिक १२ दिन सम्म पाउने ।

-काम गर्नुपर्ने कार्यालय : नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक काठमाडौं ।

-दरखास्तफाराम छनौट समितिको सचिवालयमा पेस गर्नुपर्नेछ ।

-दरखास्त पेस गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा पर्न गएमा सोको पछि कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ ।

-दरखास्त फाराम र सोका साथ पेस गर्नुपर्ने विवरण, व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेशसम्बन्धी जानकारी छनौट समितिको सचिवालयबाट उपलब्ध हुनेछ ।

हेर्नुस् सूचना :





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved