नागरिक पेन्सन योजनामा अनलाइनबाटै सहभागी हुन सकिने, के पाइन्छ सुविधा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 05:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको पेन्सन योजनामा  अनलाइनबाट नै सहभागी हुन सकिने भएको छ । कोषले पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु गरेसंगै यस योजनामा कार्यालय नगई अनलाइन मार्फत नै सहभागिता जनाउन सकिने भएको हो  ।

कोषका नायब कार्यकारी निर्देशक डा. ईन्द्र कुमार कट्टेलका अनुसार कोषले  ईन्फो डेभलपर्ससँगको सहकार्यमा अनलाइन सिस्टम तयार पारेको हो । यससंगै कोषको वेबसाइटबाट नै योजनामा सहभागिता जनाउन सकिने उनले बताए । 

योजनामा सहभागी हुन कोषको वेबसाइटमा रहेको ई सर्भिसेसमा क्लिक गरी न्यु ईसर्भिस लगइनमा क्लिक गर्नु पर्ने छ । त्यसपछि रजिस्टर फर पेन्सन योजनामा क्लिक गर्नु पर्ने छ ।  त्यसपछि देखिने फारम भरेर यस योजनामा सहभागिता जनाउन सकिने नायब कार्यकारी निर्देशक कट्टेलले जानकारी दिए ।

कोषले गत भदौ देखि बचत गर्दा पेन्सन पाईने योजना ल्याएको थियो । जसमा कुनैपनि व्यक्तिले १५ वर्षसम्म रकम जम्मा गरेमा पेन्सन पाउनेछ। यसरी जम्मा गरेको व्यक्तिले आँफु ६० वर्ष नाघेपछि पेन्सन पाउनेगरी कोषले यस योजनाको सुरुवात गरेको हो ।  

कति पाइन्छ पेन्सन ?

बचतकर्ताले मासिक न्युनतम ५ सय रुपैयाँका दरले बचत गर्नुपर्ने हुन्छ। त्रैमासिक रुपमा रकम जम्मा गर्दा होस अथवा अर्धवार्षिक रुपमै बचत गरेपनि प्रत्येक पहिनाको कम्तिमा ५ सय रुपैयाँका दरले बचत गर्नुपर्ने छ ।

यदि कुनै व्यक्तिले एक-एक वर्षमा रकम जम्मा गर्छ भनै उसले १२ महिनाको न्युनतम ५ सय रुपैयाँका दरले ६ हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ ।मासिक ५ सय रुपैयाँ भन्दा बढी जतिपनि बचत गर्न पाइनेछ। यसरी १५ वर्षसम्म जम्मा भएको रकममा ब्याज र कोषले दिने प्रतिफल जोडेर हुनआउने कुल रकमलाई १७० ले भग गर्दा आउने रकम बराबर पेन्सन पाईनेछ।

यदि कुनै पनि व्यक्तिले १५ वर्षसम्म बचत गर्यो तर सो व्याक्ति ६० वर्ष पुगेको छैन भने उसले पेन्सन पाउन ६० वर्ष  पुगेको हुनुपर्नेछ। यदि कुनै व्यक्तिले २० वर्षको उमेरदेखि नै यो स्किममा बचत गर्न थालेको छ भने उसले पनि पेन्सन थाप्न ६० वर्षको उमेर पुगेको हुनुपर्नेछ।तर यस्तो व्यक्तिको हकमा  ६० वर्ष हुदासम्मको अवधिमा व्याज र प्रतिफल निरन्तर जोडिदै जानेछ।६० वर्षहुदाँसम्मको सम्पूर्ण व्याज, प्रतिफल र सावा रकम जोडेर जति आउछ सो रकमको आधारमा पेन्सन वितरण गरिन्छ।

६० वर्ष पुगेर पेन्सन पाउन थालेपछि बचतकर्ताले जिवनभर पेन्सन पाउनेछन्। बचत गर्दाको व्याजदर भने अहिले ६.५ प्रतिशत रहेको र बैंकहरुको बेसरेट घटबढ हुँदा यो व्याजदर पनि घटबढ हुनेछ।

पेन्सन लिने नलिने आफ्नो ईच्छाः

यो स्किममा बचतकर्तासँग पेन्सन नलिई एकमुष्ट्र रकम लिने विकल्प खुला छ। बचतकर्ताले बचत गरेको १५ वर्ष पुरा भएको र निज ६० वर्ष उमेरको पुगेपछि उसको ईच्छा अनुसार पेन्सन नलिएर रकम एकमुष्ट्र रुपमा लिन पाउनेछ। पेन्सल नलिने बचतकर्तालाई उसले जम्मा गरेको रकममा व्याज र प्रतिफल जोडेर आउने कुल रकम एकमुष्ट्र रुपमा दिईनेछ।

बचत रकमबाट कर्जा पाइनेः

यसरी बचत गर्न थालेको २ वर्षपछि बचतकर्ताले सोहि बचतलाई धितोमा राखेर व्याज र प्रतिफल जोडदा हुने कुल बचतको ८० प्रतिशत रकम कर्जा लिन पाउनेछन।  यसरी लोन लिन बचत गरेको कम्तिमा २ वर्ष पुरा भएको हुनुपर्नेछ। लोनको ब्याजदर पनि बैंकहरुको बेसरेटले निर्धारण गर्नेछ। 

खाता बन्द गर्न पाउने:

यो स्किममा बचतकर्तासँग बिचैमा खाता बन्द गर्ने विकल्प समेत रहनेछ। तर खाता बन्दगर्न बचत गरेको २ बर्ष पुरा भएको हुनुपर्नेछ। यसरि खाता बन्द गर्दा बचतकर्ताले बचत गरेको रकमको व्याज र कोषले दिने प्रतिफल जोडदा आउने रकम एकमुष्ट्र रुपमा बचतकर्ताले पाउनेछ।

बचत कर्ताको मृत्यु भएमाः

बचतकर्ताको मृत्यु भएमा निजले पाउने पेन्सन निजको पति/पत्निले पेन्सन पाउने समेत व्यवस्था छ। बचतकर्ताले बचत गर्न सुरु गरेको १५ वर्ष नपुग्दै निजको मृत्यु भएमा निजको पति/पत्नि वा उत्तराधीकारीले व्याज र प्रतिफल सहितको सम्पूर्ण रकम एमुष्ट्र रुपमा पाउने व्यवस्था छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved