बैंकिङ्ग इन्ष्टिच्युट र लघुवित्त बैंकर्स संघबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 11:46:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. (एन.बी.आई) र नेपाल लघुवित्त बैंकर्स संघ (एन.एम.बी.ए) बीच समझदारी सम्झौता भएको छ ।  दुई संस्थाबीच तालिम कार्यक्रम संचालन तथा परामर्श सेवा प्रदानको लागि सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र नेपाल लघुवित्त बैंकर्स संघका तर्फबाट कार्यकारी निर्देशक प्रेम कृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्र अनुसार एन.बी.आई.ले लघुवित्त संस्थाहरुमा कार्यरत कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । साथै एन.एम.बी.ए.का सदस्य लघुवित्त संस्थाहरुले तालिम कार्यक्रम तथा परामर्श सेवामा विशेष छुट पाउनेछन् ।

यस समझदारीले लघुवित्त क्षेत्रमा मानव संसाधनको स्तरोन्नतिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved