पुस ४ र ५ गते नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरु बन्द रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 08:28:16 AM मा प्रकाशित

laxmi  sunrise bank

पुस ४ र ५ गते नागरिक लगानी कोषले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरु बन्द रहने भएको छ। कोषको पुरानो भवनमा रहेको डाटा सेन्टर कोषको नयाँ बानेश्वरस्थित नयाँ भवनमा स्थानान्तरण गरी जडान गर्नुपर्ने भएको हुँदा मिति २०७८ पुस ४ र ५ गते केन्द्रीय कार्यालय र शाखा कार्यालयहरूले प्रदान गरिरहेको सम्पूर्ण कारोबारहरू बन्द हुने कोषले जनाएको छ ।

सफ्टवेयर मार्फत गर्नु नपर्ने कार्यहरू भने सो अवधिमा पनि निरन्तर गरिने कोषले उल्लेख गरेको छ ।  

कोषको नयाँ भवन ९० करोड रुपियाँ लगानीमा बनेको हो ।  कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिलान्यास गरेका थिए।

लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रूपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा/रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो। शर्मा/रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई असोज १७ गते नवनिर्मित भवन हस्तान्तरण गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved