कर्मचारी सञ्चय कोषका अध्यक्ष घिमिरेले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 10:11:51 AM मा प्रकाशित

nepal oil ltd

कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा नियुक्त भएका अर्थ मन्त्रालयका राजश्व सचिव डा. राम प्रसाद घिमिरेले सपथ लिएका छन् । उनले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को २०७९/१०/०४ को निर्णय अनुसार घिमिरे कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा नियुक्त भएका थिए । यस अघि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्कर कोष सञ्चालक समितिको अध्यक्ष थिए।

कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ४ को उपदफा २ को खण्ड (क) मा नेपाल सरकारबाट नियुक्त व्यक्ति कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था छ । कर्मचारी सञ्चय कोष (सामान्य) नियमहरु, २०५० को नियम ३ (१) मा कोष अध्यक्षले अर्थ मन्त्रालयका कार्यभार सम्हालेका मन्त्री वा राज्यमन्त्री समक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ।

शपथ ग्रहण कार्यक्रममा अर्थ सचिव तोयम राया, सह सचिव रमेश कुमार केसी, कोषका प्रशासक जितेन्द्र धिताल, सह प्रशासकद्वय जीवन कुमार कट्वाल र भरत राज वस्ती, कोष सञ्चालक समितिका सचिव ध्रुव प्रसाद पन्त लगायतका अधिकारीहरुको उपस्थिति थियो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved