के तपाईलाई थाहा छ, करदाताका अधिकार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 07:34:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आयकर ऐन, २०५८ मा को दफा ३ अनुसार कुनै आय वर्षमा कर योग्य आय भएको व्यक्ति करदाता हो । त्यसैगरी कुनै आय वर्षको आय विदेशमा पठाउने गैरबासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन र कुनै आय वर्षमा अन्तिम रुपमा करकट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्तिलाई कर लगाउने आधारको रुपमा परिभाषित गरिएको छ ।

आयकर ऐन बमोजिम कर तिर्नु प्रत्येक करदाताको कर्तव्य हो । सो कर्तव्यसँगै ऐनले करदाताको अधिकार समेत सुनिश्चित गरिदिएको छ । करदातालाई आयकर ऐनले दिएका अधिकार यस्ता छन् ।

·      ऐन बमोजिम कर तिर्नुपर्ने अर्थात्‌ करयोग्य आय भएको व्यक्तिले कर सम्बन्धी सूचना प्राप्त गर्ने

·      करसम्बन्धी सूचना प्रचलित कानुन बमोजिम प्राप्त गर्ने

·      करसम्बन्धी विषयमा सवूद प्रमाण पेश गर्ने मौका प्राप्त गर्ने

·      करसम्बन्धी काम कारबाही वा मुद्दामा आफ्नो प्रतिरक्षाको लागि कानुन व्यवसायी वा लेखापरीक्षक मुकरर गर्न पाउने

·       करसम्बन्धी गोपनीयता ऐनमा उल्लेख भएबाहेक अनतिक्रम्य हुने अधिकार ।

के तपाईंले यी अधिकारहरु प्राप्त गर्नुभएको छ ? यदि छैन भने अधिकार प्राप्त गर्नका लागि सम्बन्धित अधिकारीसँग गुनासो वा उजुरी गरी आफ्नो अधिकार सुरक्षित गर्न सकिन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन रजिष्ट्रेशन कसरी गर्ने ?

-व्यवसाय गर्न चाहनुहु्न्छ ? भ्याटमा अनिवार्य दर्ता गर्नुपर्ने कारोबारबारे थाहा पाइराख्नुस

-सावधान! तपाईंको नाममा प्यान दर्ता भएको त छैन ? (राजस्व विभागको सूचनासहित)

-व्यक्तिगत प्यान नम्बर लिएपछि के हुन्छ ?

-थाहा पाउनुहोस्, आम्दानी र भत्ताबाट काटिने टीडीएसको दर (सुची सहित)

-कर तिर्न साढे २ सय किलोमिटरसम्म यात्रा

-एक ठाउँबाट अर्को ठाउँमा राजस्व कसरी तिर्ने ?

-आम्दानी र भत्ताबाट काटिने टीडीएस र ईटीडीएस भनेको के हो ?

आय विवरण र कर कहिले बुझाउने ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved