टिडिएस काट्नेले नै टिडिएस काटिनेको प्यान नम्बर अपडेट गर्नु पर्ने, यस्तो छ प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 02:51:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व विभागले स्रोतमा कर कट्टी गर्ने व्यक्ति (withholding Agent) ले नै कर कट्टी हुने व्यक्ति (withholdee) को स्थायी लेखा नम्बर प्रणालीमा इन्ट्री गर्नु पर्ने ब्यबस्था गरेको छ । विभागले प्रणालीगत सुधार गरि यस्तो ब्यबस्था गरेको हो ।

जस अनुसार अब स्रोतमा कर कट्टी गर्ने व्यक्ति (withholding Agent) ले आय वर्ष २०७७/७८ मा eTDS Return मा कर कट्टी हुने व्यक्ति (withholdee) को स्थायी लेखा नम्बर (PAN Number) उल्लेख नगरी विवरण भेरिफाइ भएको भए सम्बन्धित withholding Agent आफैले eTDS Return मा सम्बन्धित Withholdee को PAN Number अपडेट गर्न सक्ने छन् । यो काम विभागको वेबसाईटबाट नै हुने छ ।

उदाहरणको लागि यदि तपाई कुनै कार्यालयबाट तलव बुझ्नु हुन्छ भने तपाइको टिडिएस काटिने गरेको हुन्छ । यस्तो अवस्थामा उक्त कार्यालय स्रोतमा कर कट्टी गर्ने व्यक्ति (withholding Agent) हो भने तलव बुझ्ने व्यक्ति कर कट्टी हुने व्यक्ति (withholdee) हो । त्यस्तै शेयर कारोबार गर्ने व्यक्ति कर कट्टी हुने व्यक्ति (withholdee) हो भने नेप्से तथा ब्रोकर स्रोतमा कर कट्टी गर्ने व्यक्ति (withholding Agent) हो। यसर्थ अब जसले टिडिएस काट्ने गरेको छ, सोहि कार्यालयले नै जसलाई भुक्तानी गरेको हो, उसको प्यान नम्बर इन्ट्री गर्नु पर्छ । ०७७/७८ को TDS मा प्यान नभएर नेप्से र बैंक, वित्तीय संस्थाको टिडीएस क्लेम गर्न नपाएर समस्या भएको थियो । अब भने यो समस्याको समाधान हुने विश्वास गरिएको छ । 

कसरी गर्ने प्यान इन्ट्री ?

1. www.ird.gov.np मा लग इन गर्ने

2. Taxpayer Portal मा प्रवेश गर्ने

3. General menu मा प्रवेश गर्ने

4. हाल प्रयोग गरिरहेको PAN, Username, and Password राख्ने । यसपछि Taxpayer Page देखिनेछ।

5. उक्त पेजमा रहेको “Add withholdee PAN in eTDS" menu मा प्रवेश गर्ने । यसपछि निम्न सूचना भएको टेबल देखिनेछ । | Transaction No: Serial No:  Amount from:
Amount To: Transaction No: मा पहिले पेश गरेको Submission No. उल्लेख गर्ने। Submission No. उल्लेख गरी Search Button थिचेमा उक्त Submission No. मा PAN Number नभएका करदाताको मात्र विवरण देखाउनेछ । एक पटक अपडेट भएपछि उक्त करदाताका नाम पूनः देखिदैन। यदि पहिले पेश गरेको eTDS Return मा रहेको सिरियल नम्बर थाहा भएमा उक्त सिरियल नम्बर उल्लेख गरेमा अपडेट गर्नु पर्ने महल फेला पर्नेछ । एउटै विवरणमा धेरै करदाताको सूची भएमा TDS रकमको आधारमा पनि खोज्न सकिने व्यवस्था गरिएको छ।

6. त्यसपछि Search Button थिच्ने। निम्न सूचना भएको टेबल देखिनेछ। Serial Number, PAN, Existing Name, Trade Name, TDS Amount7. PAN column मा डबल क्लिक गरी PAN number प्रविष्टि गर्ने। यसले करदाताको ब्यापारिक नाम देखाउनेछ । उक्त नाम eTDS Return भर्दा उल्लेख भएको नामसँग मिले नमिलेको भिडान गर्ने। भिडान भएमा Update Button क्लिक गर्ने।

8. यदि एक भन्दा बढी करदाताको PAN number अपडेट गर्नु पर्ने भएमा पूनः सो महलमा PAN number राखी प्रत्येक पटक Update Button क्लिक गर्ने।

9. तत्कालको लागि अपडेट गर्नु पर्ने सबै करदाताको PAN number अपडेट गरिसकेपछि Submit Button थिच्ने । Submit Button थिचेपछि eTDS Return मा PAN number अपडेट हुनेछ।

10. एउटा Submission No. मा रहेका सबै करदाताको एकै पटक अपडेट गर्नु पर्दैन। आँशिकरुपमा वा आवश्यकता अनुसार पटक पटक अपडेट गर्न सकिनेछ।

11. यसरी PAN number अपडेट गरेपछि स्वतः सम्बन्धित करदाताको आय वर्ष २०७७/७८ को आय विवरणको अनुसूची १० मा समावेश हुनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved