कम्पनीको नाम परिवर्तन गर्न के के चाहिन्छ र कति शुल्क लाग्छ? कस्ता नाम राख्न मिल्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2022 | 09:11:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एक पटक कम्पनी स्थापना गरिसकेपछि कम्पनी संचालकलाई आवश्यक परेमा त्यस कम्पनीको नाम परिवर्तन गर्न सकिने ब्यबस्था कम्पनी ऐनले गरेको छ। कम्पनी ऐन २०६३ को दफा २१ मा कम्पनीको नाम संशोधन समबन्धि ब्यबस्था रहेको छ । 

दफा २१ को उपदफा ३ मा यसबारेको ब्यबस्था छ। जसमा भनिएको छ 'कम्पनीले आफ्नो नाम संशोधन गर्नु परेमा साधारण सभामा विशेष प्रस्ताव पारित गरी तोकिए बमोजिमको दस्तुर सहित कार्यालयको पूर्व स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ र त्यसरी प्राप्त भएको निवेदन अनुसार नाम संशोधन गर्न कार्यालयले स्वीकृति दिएमा कम्पनीको नाम संशोधन हुनेछ ।' 

अर्थात कम्पनीले कम्पनीको नाम परिवर्तन गर्नको लागि विशेष साधारणसभा मार्फत प्रस्ताव पारित गर्नु पर्ने छ । त्यसपछि तोकिए बमोजिमको दस्तुर सहित कम्पनी रजिष्ट्रार कार्यालयको पूर्व स्वीकृतिको लागि निवेदन दिनु पर्छ ।  कार्यालयले स्वीकृति दिएमा कम्पनीको नाम संशोधन हुनेछ ।

के के चाहिन्छ कागजात ?

  • कम्पनीको आवेदन पत्र वा अनुरोध पत्र ।
  • संशोधन गर्न चाहेको पूर्ण विवरण -साविक व्यबस्था, संशोधित व्यबस्था र संशोधन गनु पर्नाको कारण ।
  • कम्पनीको साधारण सभामा विशेष प्रस्तावमा छलफल गरी निर्णय भएको माइन्यूटको प्रमाणित प्रतिलिपि ।
  • वहुसख्यक संचालकहरुको दस्तखत भएको संशोधत प्रवन्धपत्रको दफा वा निमावलीको नियम २/२ प्रति विदेशी लगानी, विदेशी कम्पनी, वैदेशिक रोजगार, सुरक्षा गार्ड, वीमा र वित्त सम्बन्धी कम्पनीको हकमा क्रमशः उद्योग विभाग, श्रम तथा रोजगार प्रवर्द्धन बिभाग, सम्वन्धित क्षेत्रीय प्रशासन कार्यालय, वीमा समिति र नेपाल राष्ट्र वैंकको स्वीकृति वा सिफारिश पत्र ।
  • कम्पनीको सक्कल प्रमाण पत्र ।
  • आन्तरिक राजश्व कार्यालयको सहमति पत्र ।

कति लाग्छ शुल्क ?

नयाँ कम्पनी दर्ता गर्न जति शुल्क लाग्छ, कम्पनीको दर्ता गर्न त्यस शुल्कको २५ प्रतिशत शुल्क लाग्ने ब्यबस्था छ । यद्यपि २५ प्रतिशत शुल्क ५ हजार भन्दा बढी हुन आएमा नाम परिवर्तनको लागि ५ हजार मात्र दस्तुर तिरे पुग्छ । 


नाम राख्दा के कुरामा ध्यान दिने ?

 १. कम्पनीको नाम Title Case मा हुनु पर्ने ।

E.g. Everest Computer Center : Right

E.g. EVEREST COMPUTER CENTER : Wrong

E.g. EVEREST Computer Center : Wrong

२. कम्पनीको नाम नेपाली र अंग्रेजीमा एउटै हुनु पर्ने ।

E.g. Sun Energy ;सन इनर्जी : Right

E.g. Nepali Agriculture Company नेपाल एग्रीकल्चर कम्पनी : Right

E.g Nepali Agriculture Company नेपाल कृषि कम्पनी : Wrong


३. कम्पनीको नाम नम्बरमा प्रयोग नभएको हुनुपर्छ ।

E.g. News Twenty four : Right

E.g. News24 : Wrong


४. कम्पनीको नाममा Colon, Semicolon, Apostrophe, Hyphen, Comma (- , _ " " & ' ' ) जस्ता चिन्ह तथा सर्वनाम जस्तै मेरो, तिम्रो, हाम्रो,My, Our, , जस्ता शब्दबाट प्रयोग भएको हुनु हुदैन ।

E.g. Rams Movie : Right

E.g. Ram's Movie : Wrong

E.g. My Movie : Wrong


५. कम्पनीको नाम छोटकरीमा चाहियो भने प्रत्येक अक्षरको पछाडी डट (.) प्रयोग भएको हुनु पर्छ ।

E.g. A.B.C. Company : Right

E.g. ABC Company : Wrong


६. विद्यालय स“ग सम्बन्धित कम्पनीको हकमा कम्पनीको नामको पछाडी अनिबार्य रुपमा जिल्लाको नाम उल्लेख गर्नु पर्ने ।

E.g. Bright Future English Boarding School Chitwan : Right

E.g. Bright Future English Boarding School : Wrong


७. कम्पनीको नाममा Dot Com / (.com)  भन्नेशब्द प्रयोग नगर्ने । 

E.g. ABC Dot Com : Wrong


८. पहिले दर्ता भइसकेको कम्पनीको नामको अगाडी A, An, The, New, Super, Om, Nepal, International, Shree जस्ता शब्द प्रयोग नगर्ने ।


९. कम्पनीको नाममा अन्य देशको नाम प्रयोग नगर्ने,

E.g. भारत इम्पोर्ट एक्सपोर्ट : Wrong

E.g. China Restaurant : Wrong


१०. एक पटक दर्ता भैसकेको कम्पनीको नाम सुन्नमा उस्ता उस्तै लागेको खण्डमा त्यस्ता कम्पनीको नाम फरक मानिने छैन ।

E.g. Mega, - Megha, Om - Ohm 


११. कम्पनीको नाम राख्दा उद्देश्य झल्कने गरी राख्ने।

E.g. A.B. Pvt Wrong

E.g. A.B. Enterprises Right


सामाग्री साभार: कम्पनी रजिस्ट्रार कार्यालय 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved