सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रुपमा खल्ती सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 01:02:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीएचएल (राष्ट्रिय क्लिअरिङ्ग हाउस लिमिटेड) ले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा डिजिटल वालेट खल्तीलाई सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मानित गरेको छ ।

तत्काल सुरक्षित र भरपर्दो अनलाइन भुक्तानी सेवाहरु  प्रदान गर्ने प्रतिबद्धताका लागि परिचित खल्ती नेपालको डिजिटल भुक्तानी परिदृश्यमा अग्रणी  संस्थाको  रूपमा चिनिन्छ ।  खल्तीबाट मोबाइल रिचार्ज, बिल भुक्तान र टिकट बुकिंगसहित सेवाहरू प्रदान गर्दै आएको छ ।

युवा पुस्ता माझमा  लोकप्रिय  खल्ती  डिजिटल  वाल्लेटले  पछिल्लो  समय  मसभि टिकेटिङ , क्यापिटल मार्केट को  भुक्तानी , विभिन्न  सरकारी  सेवाहरुको  भुक्तानीमा  समेत  काम  गर्दै  आहिरहेको  छ ।

सम्मानप्रति कृतज्ञता ज्ञापन  गर्दै खल्तीका प्रमुख  कार्यकारी  अधिकृत  बिनाय खड्काले नेपालमा वित्तीय समावेशीकरण सिर्जना गर्ने भिजनका साथ सुरू गरिएको खल्ती  डिजिटल  वालेटले  एक नबिनतम  सेवा  तथा  सुबिधाहरु  ल्याई  निर्बाध डिजिटल भुक्तानीका   समाधानहरू प्रदान गर्ने प्रतिबद्ता  व्यक्त गरे ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved