नेपाललाई अन्तराष्ट्रिय डिजिटल कारोबारसँग जोड्ने बाटो खुला, अब क्युआरबाटै भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2024 | 10:35:37 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाललाई अन्तराष्ट्रिय डिजिटल कारोबारससँग जोड्ने बाटो खुला भएको छ। अहिलेसम्म स्विच र एटीएम कार्डमा सिमित अन्तराष्ट्रिय कारोबार अब डिजिटलबाट पनि हुने बाटो खुला भएको हो। नेपाल राष्ट्र बैंकले शुक्रबार 'एकीकृत परिपत्र २०८०' संशोधन गर्दै व्यक्तिबाट व्यवसायीमा अर्थात पर्सन टु मर्चेन्ट (पिटुएम) मोडलमा अन्तराष्ट्रिय डिजिटल कारोबार गर्ने बाटो खुला गरेको हो। जसअनुसार पहिलो चरणमा 'क्विक रेस्पोन्स कोड' अर्थात क्युआर कोडबाट मात्रै कारोबार गर्न मिल्ने गरी बाटो खुला गरिएको हो। 

यस परिपत्रले अब ग्राहक आफैंले कारोबार गर्न मिले गरी पिटुएम मोडलमा अन्तराष्ट्रिय कारोबारका लागि बाटो खुला भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले जानकारी दिए। 

यो परिपत्रअनुसार विश्वका जुनसुकै नागरिक (विशेषगरि नेपाल भ्रमणमा रहेका) नागरिकले नेपालमा वस्तु तथा सेवा खरिद गर्दा क्युआर मार्फत भुक्तानी गर्न सक्ने छन् । यद्यपि यो सेवा कार्यन्वयनका लागि नेपाल र सम्बन्धित देशको तथा सेवा प्रदायकको भुक्तानी प्रणालीबीच अन्तरआवद्दता हुनुपर्छ। 

पहिलो चरणमा नेपाल र भारतबीच पिटुपी मोडलमा डिजिटल कारोबार खुला 

एकीकृत परिपत्र मार्फत पहिलो चरणमा नेपाल र भारतबीच पिटुपी मोडलमा डिजिटल कारोबार खुला गरिएको छ। जसअनुसार नेपालका वाणिज्य बैंक र राष्ट्रिय स्तरका बिकास बैंकमा भएको खाताबाट भारतीय बैंकको खातामा र भारतीय बैंकको खाताबाट नेपालका वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकको खातामा डिजिटल माध्यमबाट व्यक्तिगत खातामै भुक्तानी गर्न सकिनेछ। 

नेपाल र भारत अन्तरदेशीय डिजिटल भुक्तानी परिक्षणको काम सकिएपछि औपचारिक रुपमा यो सेवा शुभारम्भ हुने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत जेठमा भारत भ्रमणमा जाँदा नेपाल र भारतबीच क्रस बोर्डर डिजिटल भुक्तानीसम्बन्धी भएको सम्झौताअनुसार नेपाल र भारत अन्तरदेशीय डिजिटल भुक्तानी कारोबार थालिएको हो। यद्दपि फोनपेले पेमेन्ट सर्भिस लिमिटेडले भारतीय नागरिकबाट नेपालको मर्चेन्ट खातामा भुक्तानी गर्न सकिने सेवा गत फागुन १६ बाटै सुरु गरिसकेको छ।  

परिपत्रअनुसार अब भारतमा कार्यरत नेपाली नागरिकले भारतीय बैंकमा रहेको आफ्नो बैंक खाताबाट मोबाइल बैंकिंग, इ बैंकिंग तथा क्युआर मार्फत नेपालका वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकमा भएको व्यक्तिगत खातामा रेमिट्यान्स पठाउन सक्नेछन्। तर कारोबारको सीमा भारत सरकारले तोक्नेछ। 

त्यसैगरि नेपालमा रहेका भारतीय कामदारले पनि नेपालमा रहेको वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकको खाताबाट  मोबाइल बैंकिंग, इ बैंकिंग तथा क्युआर मार्फत  भारतीय बैंकमा पैसा पठाउन सक्नेछन्। कारोबारको सिमा दैनिक १५ हजार र महिनामा एक लाख तोकिएको छ। तर यस्तो कारोबारको विदेशी मुद्रा सटही सुविधामा सम्बन्धित बैंक तथा बित्तिय संस्थाले निश्चित सिमा तोकेर व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैकले जनाएको छ। तर नेपालबाट भारत पठाउन पाउने सुविधा अहिलेलाई नेपालमा रहेका नेपाली नागरिकको हकमा खुला गरिएको छैन। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved