मसिंरमा मोबाइल बैंकिङ्गका १ लाख १९ हजार ग्राहक थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 01:33:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मसिंर महिनामा १ लाख १९ हजार ५२४ जना मोबाइल बैंकिङ्गका नयाँ प्रयोककर्ता थपिएका छन् । यससँगै हाल मोबाइल बैंकिङ्ग प्रयोककर्ताको संख्या २ करोड २६ लाख २४ हजार ६०७ जना पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो संख्या गत वर्षको मसिंरसम्म १ करोड ९७ लाख ६६ हजार ४१५ जना थिए ।

मोबाइल बैंकिङ्गका प्रयोगकर्ता बढेसँगै यसबाट हुने कारोबारमा वृद्धि भएको छ । मसिंर माहिनामा मात्रै मोबाइल बैंकिङ्गबाट २ खर्ब ६३ अर्ब ४६ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जहाँ, ३ करोड १३ लाख २७ हजार ६५९ पटक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

कार्तिक महिनामा २ खर्ब २८ अर्ब ३२ करोड ८ लाख रुपैयाँको कारोबार भएको थियो । त्यतिबेला २ करोड १६ लाख ३५ हजार ४३१ पटक कारोबार भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved