मिल्दोजुल्दो नामका मदिराले असली उत्पादक हैरान, ब्राण्ड जोगाउँनै सकस

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 25, 2021 | 01:04:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एउटा गाउँमा कसैले कुखुरा पालन गरेर राम्रो आम्दानी गर्यो भने छिमेकमा कुखुराको दानाको व्यवसाय नगरी अर्को कुखुरा फर्म खोल्ने अभ्यास छ । फलस्वरुप दुबैको व्यवसाय फस्टाउन सक्दैन । गाउँघरमा मात्रै होइन, ठूला भनिएका उद्योगहरुमा पनि यो लागू भईरहेको छ ।

कुनै एक उत्पादनले बजारमा राम्रो पकड जमायो भने त्यस्तै उत्पादन धमाधम बजारमा आउँन थाल्छन् । यहाँ कसैको पनि ‘ब्राण्ड’ सुरक्षित नरहेको उद्योगीहरु नै बताउँछन् ।

उपभोक्ता झुक्याउने रक्सीका ब्राण्ड

नेपाल मदिरा उत्पादनमा आत्मनिर्भर रहेको उद्योगीहरुको दाबी छ । यद्यपी, महँगा विदेशी रक्सीको आयात रोकिएको छैन ।

मदिरामा मूलुक आत्मनिर्भर छ भन्दाभन्दै पनि विदेशबाट आयात भईरहनुको कारण भनेको उद्योगीहरुबीच एकता नहुनु देखिएको छ । नेपालमा एउटा रक्सीको ब्राण्ड बजारमा चल्ने वित्तिक्कै उस्तै उस्तै नाम, वोतल र रंगमा रक्सी निस्किने क्रम सुरु भइहाल्छ ।

हिमालयन डिष्ट्रिलरीको गोल्डेन वक नामक ह्वीस्कीले बजारमा राम्रो उपस्थित जनाएपनि यस्तै नाम सुनिने र गोल्डेन वक जस्तै रंगका कयौँ उत्पादन अहिले बजारमा छ्यापछ्याप्ती छन् । यसले उपभोक्तालाई झुक्याईरहेको हिमालयन डिष्ट्रिलरीको दाबी छ ।

यसअघिः
के को आधारमा ८८४८ भोड्काले आफूलाई विश्वकै ‘पियोरेष्ट’ भन्छ ?

अहिले गोल्डेन वक जस्तै नाम देखिने र सुनिने गोल्डेन सहारा, बबई ब्ल्याक गोल्ड, गोल्डेन रिङ र गोल्डेन की जस्ता ब्राण्ड बजारमा छन् । 

ट्रेडमार्क नै असुरक्षित

राष्ट्रिय बौद्धिक सम्पत्ति नीति २०७३ ले ‘बस्तु वा सेवालाई पृथक बनाउन त्यस्तो बस्तु वा सेवामा उपयोग गरिएका शब्द, चित्र, रंग, आकार, ध्वनी, चलचित्र, व्यवसायिक नारालगायत सांकेतिक रुपमा सांकेतिक रुपमा अभिव्यक्त गर्न सकिने चिन्ह वा प्रस्तुतिलाई ट्रेडमार्कको रुपमा अंगिकार गरिनेछ’ भनिएको छ । 

तर, गोल्डेन सहारा, बबई ब्ल्याक गोल्ड, गोल्डेन रिङ र गोल्डेन की जस्ता रक्सीका ब्राण्ड उस्तै सुनिने मात्रै नभई यीनिहरुको रंग पनि उस्तै छ । वोतलको आकार पनि दुरुस्तै छ । यसले ट्रेडमार्क नै असुरक्षितको महशुस गरिएको मदिरा उद्योगीहरुको गुनासो छ ।

एक जना उद्योगी भन्छन्,  ‘नेपालको ट्रेडमार्क एने विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को मान्यता अनुसार छैन ।’

के भन्छ उद्योग विभाग ?

नेपालको संविधानको धारा २५ मा सम्पत्तिको हक अन्तर्गत वौद्धिक सम्पत्तिलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । नेपालमा हाल पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०० र प्रतिलिपि अधिकार ऐन, २०५९ तथा प्रतिलिपि अधिकार नियमावली, २०६१ द्वारा क्रमशः औद्योगिक सम्पत्ति (पेटेण्ट, डिजायन र ट्रेडमार्क) र प्रतिलिपि अधिकार संरक्षण भईरहेको छ । तर, कसैले लामो समय लगाएर बनाएको ब्राण्ड वा लोगोलाई अलिअलि बङ्ग्याएर आफ्नो बनाउने काम भईरहेको छ । 

यो पनिः
सबै कम्पनीले बियरमा ‘अल्कोहल’को मात्रा बढाए, बजारमा ‘कडा’ बियर मात्र

यस विषयमा उद्योग विभागले समस्या रहेको स्वीकार गरेको छ । विभागका एक जना अधिकारीले क्षेत्रगत रुपमा कुनै न कुनै हिसाबले उस्तै देखिने अक्षर वा आकार देखिने बताउँछन् ।

उनी भन्छन्, ‘नाममा पनि उस्तै सुनिने धेरै छन्, एउटै अर्थ लाग्ने त झन कति छन् कति ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved