कानुन मान्ने भए चन्द्र ढकालले धितोपत्र बोर्ड वा ग्लोबल आईएमई बैंक मध्ये एक छोड्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 08:52:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका संचालक समितिको सदस्यको रुपमा रहेका चन्द्र ढकाल आचार संहिता विपरित विभिन्न लाभको पदमा बसिरहेको पाईएको छ। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा ढकाल हाल बोर्डको संचालक समिति सदस्य छन्  

साथै उनी बोर्डले नै नियमन गर्ने विभिन्न सुचिकृत कम्पनीहरुमा संचालक सदस्यको रुपमा पनि छन्। उनी ग्लोबल आईएमई बैंकको अध्यक्ष पनि हुन् । तर बोर्डले बनाएको आचार संहिताले उनलाई यसरि बोर्डमा पनि र सुचिकृत कम्पनीमा पनि लाभ लिने गरि पदमा रहन दिदैन  

बोर्डले जारी गरेको 'नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचार संहिता, २०७४' ले उनलाई यसो गर्न दिदैंन । आचार संहिताको दफा ५ मा वित्तीय अनुशासनबारे उल्लेख छ 

बोर्ड अध्यक्ष ढुंगाना र एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष ढकालले भित्रि कारोबार गरेको प्रमाणित

दफा ५ को उपदफा १ मा भनिएको छ 'बोर्ड सदस्यले आफुले प्रतिनिधित्व गरेको संस्थाको अतिरिक्त बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सुचिकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन प्रर्कियामा रहेका संगठित संस्थामा संचालक, सल्लाहकार, तथा पारिश्रमिक तथा शुल्क पाउने गरु पूर्णकालिन पदाधिकारीको रुपमा रहनु हुदैन

यस उपदफामा भनिएअनुसार ढकालले प्रतिनिधित्व गरेको संस्था नेपाल उद्योग वाणिज्य महासंघ हो। त्यसैले उनले महासंघको अतिरिक्त बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सुचिकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन प्रर्कियामा रहेका संगठित संस्थामा संचालक, सल्लाहकार, तथा पारिश्रमिक तथा शुल्क पाउने गरु पूर्णकालिन पदाधिकारीको रुपमा रहनु नहुने ब्यबस्था आचार संहिताले गरेको छ।

तर उनी विभिन्न सुचिकृत कम्पनीमा संचालकको रुपमा आवद्द छन् । ग्लोबल आइएमई बैंकको संचालक समितिका अध्यक्ष समेत रहेका उनी नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा पनि संचालक छन् 

त्यस्तै उनी चन्द्रागिरी हिल्सका समेत संचालक हुन् भने हिमालयन पावर पार्टनरमा पनि संचालक छन् ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपको आईएमई जनरल इन्स्योरेन्स पनि नेप्सेमा सुचिकृत छ। साथै सोहि ग्रुपको लगानी रहेको आइएमई लाइफ इन्स्योरेन्स र डिसहोम पनि आईपिओ निष्काशन गर्दै नेप्सेमा सुचिकृत हुने तयारीमा छ। यी बाहेक चन्द्र ढकाल आफै र उनको समुहको अन्य कम्पनीहरुमा समेत लगानी छ ।

यसरी उनी महासंघ बाहेक अन्य सुचिकृत संस्थामा पनि संचालकको रुपमा बसेकोले यो उनि संचालक समिति सदस्य रहेको नेपाल धितोपत्र बोर्डको आचारसंहिता विपरित देखिन्छ । उनलेआचार संहिता पालना गर्ने हो भने उनले या बोर्डको संचालक छोड्नु पर्छ वा सम्पूर्ण सुचिकृत  कम्पनीको संचालक पदमा छोड्नु पर्छ  


यसबारे उनको धारणा लिनको लागि बिजपाटीले आज दिनभर उनीसँग कुराकानीको प्रयास गरेको थियो  बिहान ९:३३ बजे उनले फोन उठाएनन् भने दिउँसो १ बजेर ४० मिनेटमा सम्पर्क गर्दा उनले आफुले पछि कुरा गर्ने बताए बेलुका ७:१८ बजे सम्पर्कमा आएका उनले विषयवस्तुमात्र सुनेर १ घण्टापछि सम्पर्कमा आउने बताए  तर सो समयपछि उनले फोन उठाएनन्  

यस अघि पनि बिजपाटीले उनी गैर काननी रुपमा समान उदेश्य भएका २ वटा सुचिकृत कम्पनीको संचालक पदमा बहाल रहेको समाचार प्रकाशन गरेको थियो बिजपाटीले समाचार प्रकाशन गरेपछि उनले एउटा कम्पनीको संचालक पदबाट राजिनामा दिएका थिए । कम्पनी ऐनले एउटा कम्पनीको संचालक रहेको व्यक्ति अर्को कुनै  समान उद्देश्य भएको कम्पनीको सञ्चालक हुन नपाउने ब्यबस्था गरेको छ 

ऐनको दफा ८९ को उपदफा छ मा भनिएको छ, 'समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालकआधारभूत शेयरधनी,  कर्मचारीलेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएका व्यक्ति अर्को कम्पनीमा संचालक पदमा नियुक्त हुन सक्ने छैन' 

तर ढकाल यो ब्यबस्था विपरित समान उदेश्य भएका २ कम्पनीमा संचालकको रुप मै बसेको थिए । उनी नेपाल स्टक एक्सचेन्जमा सुचिकृत माउन्टेन इनर्जी कम्पनी र हिमालयन पावर पार्टनरका संचालक समिति सदस्य थिए।  यी दुवै कम्पनीको समान उदेश्य छत्यो हो  जलविद्युतमा लगानी गरी विद्युत उत्पादन गर्ने हो । तर ढकाल दुवै कम्पनीमा संचालक थिए  बिजपाटीले यो कदम कानुन विपरित भएको समाचार प्रकाशन गरेपछि उनले माउन्टेन इनर्जी छोडेका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved