साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला एक सय रुपैयाँले घटेको छ भने चाँदीमा ५ रुपैयाँ मूल्य घटेको छ ।
छावापला सुन प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ७ सय २५ रुपैयाँ, तेजावी सुन ४९ हजार ४ सय ७० रुपैयाँ र चाँदीमा ६ सय ९ रुपैयाँ मूल्य कायम गरेको छ ।