साताको पहिलो दिन सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 11:14:51 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आईतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा २ सयले बढेर ९० हजार २ सय रुपैयाँ प्रतितोला पुगेको छ । 

आज चाँदी भने शुक्रबारकै भाउमा यथावत् रहेर १३ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ७६० रुपैयाँ, प्रति १० ग्राम, तेजावी सुनको भाउ ७७ हजार ३३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved