सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 11:32:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार प्रति तोला ८९ हजार रहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । तेजाबी सुन पनि स्थिर रहदै प्रति तोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ११ सय ५० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७५ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved