तोलामा १ हजारले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2022 | 10:33:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । हिजो बिहिबार तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर तोलाको ९६ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ४२० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved