तोलामा १ सयले महँगियो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2022 | 11:15:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार रुपैयाँ ९ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ४ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ७३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved