आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2022 | 10:58:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार ३ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ९ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved