तोलाको ९९ हजार ९ सय पुग्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 11:21:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै बढेर तोलाको ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ६ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार २ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved