तोलाको १ लाखबाट उकालो लागेको सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 10:43:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार पनि सुनको भाउ बढेको छ । 

शुक्रबार तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको तोलामा १० रुपैयाँले महँगिएर तोलाको १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved