सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2022 | 12:16:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार बार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको १ लाख ३ सय रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर तोलाको १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved