सुनको मुल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2023 | 10:56:20 AM मा प्रकाशित

laxmi  sunrise bank
आज सोमबार सुनको भाउ स्थिर रहेको छ। आइतबार तोलाको १ लाख १ हजार ७  सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही बजार भाउमा कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ। तेजाबी सुन आजपनि १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि प्रतितोला १ हजार ४ सय रुपैयाँमा स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८७ हजार १ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८६ हजार ७ सय ६०  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved