तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 11:10:32 AM मा प्रकाशित

laxmi  sunrise bank
आज मंगलबार सुनको भाउ बढेको छ। सोमबार तोलाको १ लाख १ हजार ७  सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९ सयले बढेर प्रति तोला १ लाख २ हजार ६ सयमा कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८७ हजार ९ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८७ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved