सुनचाँदीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2023 | 10:43:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ७ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ७  सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार २ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४० रुपैयाँ कायम भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved