सरकारसँग निजि अस्पताल र चिकित्सक रुष्ट, घमण्ड त्यागेर वार्तामा आउँन सुझाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 06:54:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको महामारीमा फ्रन्ट लाइनमा बसेर काम गरिरहेका चिकित्सक तथा निजि अस्पतालले सरकारमाथि आफुहरुको मनोबल घट्ने व्यवहार गरेको आरोप लगाएका छन्। 

निजि अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन (एनएमए) बीचको आजको संयुक्त बैठकले अपमानजनक व्यवहार बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने माहोल बनाउन सरकारलाई जानकारी गराउने निर्णय गरेको छ।

यो विषम परिस्तिथिमा सरकारसँगको सहकार्यमा आफुहरुले आफूहरुसंगको स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सरकारले कहिल्यैपनि सहकार्यको पहल नगरेको चिकित्सक र अस्पताल संचालकले आरोप लगाएका छन्।

बैठकमा दुवै संस्थाका अध्यक्षद्वय बसन्तकुमार चौधरी तथा डा. लोचन कार्की सहितका सँस्थाका प्रतिनिधिहरुको उपस्तिथी थियो। बैठकले सरकारले निजि अस्पताललाई २० प्रतिशत बेड छुट्याउन दिएको निर्देशनले सृजना भएको असहज वातावरणबारे कुनै औपचारिक निर्णय गरेको छैन।

सरकारलाई बोलेको कुरा गरेर देखावस भन्ने चुनौती दिनका लागि संयुक्त बैठकले २० प्रतिशत छुट्याउन सरकारले दिएको निर्देशनबारे कुनै औपचारिक निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बिजपाटीलाई बताए।

'कोभिड र नन कोभीड बिरामीलाई एकै अस्पतालको एकै छानोमा राख्दा संक्रमण बढ्ने खतराबारे जानकार हुँदाहुँदै पनि सरकारले धम्कीपूर्ण भाषाको मात्रै प्रयोग गरेको छ, २० प्रतिशत नछुट्याए कारबाही गर्छु भनेको छ कारबाही गरेर देखावस भनेर नै हामीले केहि नबोलेको हो'

निर्णयहरुः

१. मुलुकमा कोभिड(१९ को महामारीको चपेटामा रहेको बेला एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) तथा नेपाल मेडिकल एशोसियसन अत्यन्त चिन्तित रहेको र राष्ट्रसँग हातेमालो गरि सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको व्यहोरा व्यक्त गरियो ।

२. नेपालमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ(आफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव समेत पेश गरेको तर सरोकारवालाहरुबाट निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नगरेको विषयमा पनि समिक्षा गरियो ।

३. राष्ट्रमाथिको समस्या सम्पूर्ण स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीहरुको साझा समस्या भएको र यस्तो भयावह स्थितिमा एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन हर प्रकारबाट सरकारसँग सहकार्य गर्न उत्सुक रहेको धारणा व्यक्त गरियो । साथै नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गरोस् भनि नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरियो ।

४. कोभिड(१९ महामारीको यो स्थितिमा एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन सम्पूर्ण नेपालीहरु उपचारमा दत्तचित्त रहेको र आप्mनो साधन श्रोतको अधिकतम उपयोग गरि सेवामा सधैं उपस्थित रहने प्रतिवद्धता व्यक्त गरियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved