भारतले छिमेकीलाई दिने भयो १० मिलियन डोज कोरोना खोप, नेपाललाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 01:02:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले छिमकेी मित्र राष्ट्रहरु नेपालसहित अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र मौरिसस लाई १० मिलियन डोज खोप कोरोना खोप उपलब्ध गराउने भएको छ । भारतीय समाचार संस्था द मिन्टले जनाए अनुसार भारतले नेपाललाई १ करोड डोज कोरोना खोप निःशुल्क उपलब्ध गराउने भएको छ । 

भारतीय केन्द्रीय स्वास्थ्य समितिले नेपाल र भुटानलाई एक एक करोड डोज कोरोना विरुद्दको खोप उपलब्ध गराउने निर्णय गरेको हो । भुटानका प्रधानमन्त्री लोते छिरिङले ट्वीट गर्दै भारतले भुटानलाई कोरोनाको खोप उपलब्ध गराउने लागेको उल्लेख गरेका छन् । 

बंगलादेशले भने २ करोड डोज खोप पाउने छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले निर्माण गरेको कोभीशिल्ड र भारत बायोटेक इन्टरनेशनलले निर्माण गरेको कोभ्याक्सिन खोप भारतले यी राष्ट्रलाई दिन लागेको हो । सेरमले १ करोड १० लाख डोज कोभीशिल्ड खोप भारत सरकारलाई बिशेष मुल्य अर्थात प्रति डोज ३२० रुपैयाँमा उपलब्ध गराएको छ, जुन डलरमा औषतमा प्रति डोज ३ डलर हो । त्यस्तै भारत बायोटेकले १ करोड ६५ लाख डोज अनुदान र ३ करोड ८५ लाख डोज बिशेष मुल्य अर्थात प्रति डोज ४८० रुपैयाँमा उपलब्ध गराएको छ ।

भारतीय सञ्चार माध्यमहरुले आफ्नो देशको यो निर्णयलाई खोप कुटनीतिक कदमको रुपमा व्यख्या गरेका छन् । छिमेकी देशहरुसँगको सम्बन्ध चिसिएका बेला सम्बन्धलाई बलियो बनाउन खोप कुटनीतिले काम गर्ने भारतीय मिडियाहरुले नै लेखेका छन् । 

समाचार एजेन्सी द मिन्टसँग कुरा गर्दै भारतीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सीरम इन्स्टिच्युटको कोभिशिल्ड र बायोटेकको कोभ्याक्सिनका १० मिलियन डोज छिमेकीलाई प्रदान गर्ने निर्णय भएको र आगामी हप्ताबाटै सम्बन्धित देशमा पठाउन सुरु गरिने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved