कहाँ भण्डारण हुन्छ नेपाल आउँने कोरोनाको खोप ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 10:33:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विभिन्न देशबाट नेपालमा आउँने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भण्डारण गर्ने तयारी गरेको छ । उक्त खोप विमानस्थलको कोल्ड स्टोरमा राखिको विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र स्वास्थ्यसेवा विभागबीच सम्झौता भएको छ । 

विमानस्थलमा ठूलो संख्यामा भ्याक्सिन राख्न मिल्ने कोल्ड स्टोर रहेकाले नेपालमा ल्याईने सबै भ्याक्सिन विमानस्थलमा राख्न सम्झौता गरिएको क्यानले जनाएको छ । विमानस्थलमा उच्च सुरक्षा हुने र कोल्ड स्टोर समेत खाली भएको अवस्थमा स्वास्थ्य सेवा विभागलाई निशुल्क प्रयोग गर्न सम्झौता भएको क्यानका अधिकारीहरु बताउँछन् । 

विभिन्न देशबाट ल्याईएको उक्त भ्याक्सिन विमानस्थलको कोल्ड स्टोरमा राखिएको एक सातादेखि ७७ वटै जिल्लामा वितरणको तयारी गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

विभागका अनुसार विदेशबाट ल्याइएका भ्याक्सिन विमानस्थलको कार्गो भवनमा रहेको आयाततर्फको कोल्ड स्टोरमा राख्ने र वितरण निर्यात तर्फको कोल्ड स्टोरबाट गरिने तयारी भएको छ । 

पहिलो चरणमा नेपाल आउने खोप मध्येमा ३ प्रतिशत खोप फ्रन्टलाइनर र सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने सोसियल वर्करहरुलाई दिने योजना सरकारले रहेको छ । गत माघ २ गते नेपाल औषधि व्यवस्था विभागले भारतीय कम्पनीले बनाएको कोभिसिल्ड खोप नेपालमा आपतकालिन प्रयोगका लागी अनुमति दिइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved