सोमबारबाट दोस्रो चरणको कोरोना खोप अभियान, क–कसले पाउँछन् लगाउन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2021 | 11:53:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारबाट दोस्रो चरणको कोरोना विरुद्दको खोप अभियान सुरु हुने भएको छ । पहिलो चरणमा शनिबारसम्म स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका कर्मचारी, सरसफाइ कर्मचारी र कैदीबन्दीलाई खोप लगाएको सरकारले दोस्रो चरणमा पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई लगाउने भएको हो । 

स्वास्थ्य सेवा विभागका अनुसार दोस्रो चरणमा १९ हजार खोप लगाउने तयारी भएको छ । खोप लगाउन विभागले काठमाडौँ उपत्यकाका चार अस्पताल तोकेको छ । पत्रकारका लागि सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीका लागि गंगालाल हृदयरोग केन्द्र तथा टिचिङ अस्पताल र संयुक्त राष्ट्र संघका कर्मचारीका लागि पाटन अस्पताल  तोकिएको हो । 

पहिलो चरणमा भारतले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट १ लाख ८४ हजार ८५७ जनालाई लगाईएको छ । जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा ९ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।

मन्त्रालयले माघ १४ गतेबाट पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved