अमेरिकाले दिने भनेको कोभिडको खोप यहि सोमबार नेपाल आइपुग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2021 | 02:57:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले नेपाललाई दिने भनेको कोभिड १९ बिरुद्दको खोप आगामी सोमबार बिहान नेपाल आइपुग्ने भएको छ। अमेरिकाले कोभ्याक्स मार्फत अनुदानमा दिन लागेको खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराईले जनाएका छन्। 

भट्टराईका अनुसार अमेरिकाले कोभ्याक्स मार्फत अनुदानमा दिन लागेको जोन्सन एन्ड जोन्सन खोप नामको १५ लाख खोप सोमबार नेपाल आउन लागेको हो। यसका लागि भट्टराईले नेपाल सरकारको तर्फबाट अमेरिकालाई धन्यबाद समेत दिएका छन्। 

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड-१९ को खोप नि:शुल्क उपलब्ध गराउन लागेको बताएका थिए। 

ट्विटमार्फत् राजदूत बेरीले नेपाल-अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो आफ्नो लागि अत्यन्तै खुशीको क्षण भएको पनि उल्लेख गरेका थिए। 

Image

भारतबाट कोभिड १९ बिरुद्दको खोप ल्याउने प्रयास असफल भएपछि खोप ल्याउनलाई नेपाल सरकारले कुटिनितिक स्रोत मार्फत बिभिन्न देशहरुसँग सम्बादलाई तिब्रता दिएको छ। सोहि अनुसार अमेरिकाले नेपाललाई अनुदानमा १५ लाख खोप उपलब्ध गराएको हो। 

नेपालले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप ल्याउने सम्झौता गरिसकेको छ। सो सम्झौता अन्तर्गतको आठ लाख खोप नेपाल आइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सम्झौताअनुरुपको बाँकी ३२ लाख डोज कोभिडको खोप पनि नेपाल ल्याउनलाई उडान तालिका समेत सुनिस्चित गरि सकेको अवस्था रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved