नेपाललाई १६ लाख डोज खोप सहयोग गर्ने जापानको घोषणा, केहि दिनमा नेपाल आइपुग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2021 | 10:51:33 PM मा प्रकाशित

laxmi  sunrise bank

जापान सरकारले नेपाललाई कोभिड १९ बिरुद्दको खोप सहयोग गर्ने भएको छ। जापान सरकारले नेपाललाई करिब १६ लाख डोज कोभिड बिरुद्दको खोप सहयोग बापत उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्र मन्त्रालयकाअनुसार कोभ्याक्स अन्तर्गत जापानले आफुले बनाएको अस्ट्राजेनीका नामको १६ लाख डोज नेपाललाई उपलब्ध गराउने भएको हो। जापानका परराष्ट्र मन्त्री तोषीमित्सु मोटेजीले नेपाललाई कोभ्याक्स अन्तर्गत खोप उपलब्ध गराउने घोषणा गरेका हुन्। 

उक्त खोप जति सक्दो छिट्टो नेपालमा ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

नेपाललाई खोप उपलब्ध गराउने जापान सरकारको निर्णयलाई नेपाल सरकारले स्वागत गर्दै धन्यबाद व्यक्त गरेको छ। 

अमेरिकाको सरकारले कोभ्याक्स अन्तर्गत नेपाललाई दिएको १५ लाख डोज खोप हिजो मात्रै नेपाल आइपुगेको छ। अमेरिकाले उपलब्ध गराएको डोज जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्ने दाबी गरिएको छ। 

भारतबाट कोभिड १९ बिरुद्दको खोप ल्याउने प्रयास असफल भएपछि खोप ल्याउनलाई नेपालले कुटिनितिक स्रोत मार्फत बिभिन्न देशहरुसँग सम्बादलाई तिब्रता दिएको छ। सोहि अनुसार अमेरिकाले नेपाललाई अनुदानमा १५ लाख खोप उपलब्ध गराएको हो। 

नेपालले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप ल्याउने सम्झौता गरिसकेको छ। सो सम्झौता अन्तर्गतको आठ लाख खोप नेपाल आइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सम्झौताअनुरुपको बाँकी ३२ लाख डोज कोभिडको खोप पनि नेपाल ल्याउनलाई उडान तालिका समेत सुनिस्चित गरि सकेको अवस्था रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved