भारतमा एकैदिन ६ हजार बढीमा कोरोना संक्रमण, ११ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2023 | 04:32:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा एकैदिन ६ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना संक्रमित ११ जनाको एकैदिन मृत्यु पनि भएको छ । 

हाल भारतमा ३१ हजार १९४ जना सक्रिय कोरोना संक्रमित छन् ।

भारतको जीनोम सिक्वेन्सिङ अनुगमन निकायले सक्रिय संक्रमितहरु ओमिक्रोन भेरियन्टका संक्रमित छन् । यसको नाम  एक्स्बीबी १।१६ ओमिक्रोन भेरियन्ट हो । यो भेरियन्ट एक्सबीबी १ भेरियन्ट भन्दा १.२७ गुणा र एक्सबीबी १.५ भेरियन्ट भन्दा १.१७ गुणा छिटो फैलन सक्ने जनाइएको छ । यो भेरियन्ट चाँडै विश्वभर फैलन सक्ने आशंका गरिएको छ । 

विश्व स्वास्थ्य संगठनले यस सम्बन्धमा निगरानी बढाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved