बोटलर्स नेपाल (तराई) लाई बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2021 | 05:14:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड” बाट सम्मानित गरेको छ ।

उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६/०७७ को वार्षिक रिपोर्टको प्रस्तुतीमा उत्कृष्टताका लागी आईक्यानले यो सम्मान प्रदान गरेको हो ।

बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गत बर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप–विजेताको रुपमा पुरस्कृत गरेको थियो ।

भाद्र १३ मा आईसीएएनले आयोजना गरेको एक समारोहमा यो अवार्ड इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आई.सी.ए.एन) का अध्यक्ष सीए मदन शर्माले राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र अशोक मण्डल, बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved