अर्थ समितिमा स्टील उद्योगीको रुवाबासी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 04:57:39 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पन्ज आइरनमा लाग्दै आएको भन्सार दर हटाएर आयात हुने बिलेटमा अन्तशुल्क बढाउने निर्णय फिर्ता लिन स्टील उद्योगीहरुले चर्को दबाब दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत गरेको व्यवस्थाले ६ वटा उद्योगलाई पोस्ने बाँकी २४ वटा उद्योग मास्ने नीति लिएको आरोप उद्योगीहरुको छ ।

उनीहरुले निर्णय नसच्याए नेपालमा रहेका ३० मध्ये २४ वटा स्वदेशी स्टील उद्योग ६ महिनाभित्र बन्द हुने चेतावनी पनि दिएका छन् । 

मंगलबार संसदको अर्थ समितिमा साखः स्टीलका प्रबन्ध निर्देशक किरण प्रकाश साखः र पञ्चकन्या स्टीलका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले ६ वटा उद्योगलाई केन्द्रमा राखेर स्पन्ज आईरनमा लगाउँदै आएको भन्सार दर सरकारको निर्णय कुनैपनि हालतमा देशको हितमा नरहेको भन्दै आफूहरुलाई मान्य नहुने चेतावनी दिए । साखःले निर्णय सच्‍याउन ढिला गरिए ६ महिनाभित्र २४ वटै उद्योग बन्द हुने चेतावनी दिएका छन् । 

‘यो पोलिसी लामो समय रहन सक्दैन, यो करेक्शन हुन्छ र हुनैपर्छ’ उनले भने, ‘६ महिनामा पनि करेन्सन नहुने हो भने त्यो बेला हामी सबै मरिसकेका हुनेछौं, त्यसैले यो पोलिसी जतिसक्दो चाँडो करेक्सन हुन जरुरी छ ।’

पञ्चकन्या स्टील प्रालिका प्रबन्ध निर्देशक श्रेष्ठले सरकारको निर्णय गरेको डेढ महिनामै ४ वटा स्टील उद्योग बन्द भईसकेको बताउँदै २ वटा उद्योग तत्काल बन्द हुने अवस्था रहेको बताए । 

‘२४ वटा उद्योगमध्ये ४ वटा उद्योग बन्द भईसकेको अवस्था छ, अरु २ वटा बन्द हुने अवस्था छन्’ उनले भने, ‘अब मेटिरियल्स भएकाहरु जेनतेन चलाउनुपर्ने बाध्यात्मक अवस्था छ ।’

समितिका सदस्यहरुले यस विषयमा अर्थ मन्त्रालयसँग छलफल गर्ने बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved