मंसिर ३ गतेदेखि १८ औं हस्तकला मेला, कुटनीतिक नियोगका प्रमुखदेखि राजदूतसम्मलाई निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 11:44:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हस्तकला महासंघकले मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता आयोजना गर्ने भएको छ । 

काठमाडौँको वौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेलामा १२० भन्दा बढी स्टल रहने नेपाल हस्तकला महासंघले जनाएको छ । गत वर्षका मेलामा हस्तकला बाहेकका स्टल रहने गरेको भएपनि यसपटक भने हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिए । 

मेलामा ‘मेड इन नेपाल, मेक इन नेपाल’ अवधारणा अनुरुपका वस्तुको प्रदर्शनी र हस्तकला विधाको कला प्रतियोगिता मुख्य आकर्षणको रुपमा रहने छन् । मेलामा ७० वर्ष माथिका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान कार्यक्रम समेत रहेको छ ।

मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । मेला अवलोकनका लागि कुटनीतिक नियोगका प्रमुखदेखि राजदूतलाई निमन्त्रणा गरिएको छ । 

मेलाका १ लाखले अवलोकन गर्ने र ५ करोडसम्मको कारोबार हुने अनुमान गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved