
 2mb (1).gif)
वैदेशिक लगानीको विषयलाई लिएर पटक पटक विवादमा आउने चौधरी ग्रुप फेरि पनि विवादमा तानिएको छ। नबिल बैंकमा वैदेशिक लगानीको प्रमाण नजुटेर विदेश पठाइसकेको सांसद विनोध चौधरीको नामको लाभांश फिर्ता भएको घटना सेलाउन नपाउँदै चौधरी ग्रुप फेरि अर्को विवादमा तानिएको हो।
नेपालका कम्पनीमा विदेशको लगानी भएको देखाउने र पछि सोही कम्पनीको नाममा विदेशमा लाभांश पठाउने अभ्यासलाई निरन्तरता दिन खोज्दा यस पटक पनि सांसद विनोध चौधरीको कम्पनी सिजी सिमेन्ट विवादमा तानिएको हो।
उद्योग दर्ताको हिसाबले सानेपा काठमाडौँ ठेगाना भनिए पनि नेपालको नवलपरासीमा रहेको सिजी सिमेन्ट उद्योग प्रालिमा विदेशबाट आएको लगानीको प्रमाण जुटाउन खोज्दा यो घटना बाहिरिएको हो। २०७० सालमा नै सिमेन्ट उत्पादन सुरु गरेको सिजी सिमेन्टमा रहेको विदेशी लगानीको स्रोत नजुटेपछि अहिले आएर त्यसको प्रमाण जुटाउन खोज्दा यो घटना बाहिरिएको हो।
२०७० सालमा नै सिमेन्ट उत्पादन सुरु गरेको सिजी सिमेन्टको कुल ७० करोड पूँजी रहेको छ। यसमध्ये १७ दशमलब ६ प्रतिशत विदेशी लगानी रहेको भनिएको छ। त्यो बेलानै १७ दशमलब ६ प्रतिशतले हुन आउने १२ करोड २७ लाख ८ हजार ३०० रुपैयाँ नेपाल ल्याएर लगानी भइसकेको भनिए पनि त्यसको प्रमाण नदेखिएको राष्ट्र बैंक श्रोतको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर मात्र विदेशबाट लगानी ल्याउनुपर्ने र यसरी गरिएको लगानी वा लगानीबापतको लाभांश, रोयल्टी वा लगानी फिर्ता लैजानलाई पनि राष्ट्र बैंकको स्वीकृति चाहिने कानूनी व्यवस्था छ।
तर हिजो २०७० सालमा सिजी सिमेन्टको नाममा आएको १२ करोड २७ लाख विदेशी लगानीको स्रोत नभेटिँदा अहिले त्यस लगानीबापतको लाभांश लैजान गाह्रो भएपछि २०७० सालको त्यो लगानी वैध बनाउन सिजी सिमेन्ट लागि परेको हो।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले तयार गरेको विदेशी लगानीको प्रमाण देखाउन नसकेका उद्योगहरुको सुचिमा पनि सिजी सिमेन्ट समावेश छ। बिभागले सूचना नै जारी गरेर त्यस्ता उद्योग तथा कम्पनीलाई विवरणसहित आउन भनेको थियो। उक्त सूचनाका आधारमा ८१ वटा उद्योग तथा कम्पनीहरु विभागको सम्पर्कमा पुगेका हुन्।
विदेशी लगानीबापत उक्त १२ करोड २७ लाख सिजी सिमेन्टमा आएको भन्ने पर्याप्त प्रमाण भेटिएको छैन। अहिले त्यसको यकिन हुने प्रमाण जुटाउन सिजी सिमेन्ट लागिपरेको हो। उक्त फाइल अहिले गभर्नर सचिवालयमा पुगेको बिजपाटीमा सूचना प्राप्त भएको छ ।
राष्ट्र बैंक विशेष सुत्रकाअनुसार सिजी सिमेन्टमा विदेशी लगानी भित्र्याएको भन्ने प्रमाण राष्ट्र बैंकसँग छैन। उक्त लगानी कुन देशबाट कुन मुद्रामा ल्याइएको हो भन्ने कुरा कहीँ कतै पनि रेकर्ड छैन। तर सिजीले सिजी सिमेन्ट ग्लोबलमा रहेको उक्त लगानी सिङ्गापुरस्थित सीजी कर्प ग्लोबलको पूर्ण स्वामित्वमा रहेको दावी दर्तामा उल्लेख छ। सीजी कर्प ग्लोबल चौधरी ग्रुपको अन्तर्राष्ट्रिय संस्थाको सहायक कम्पनी भएको भनिएको छ।
सिजी सिमेन्टमा विदेशी लगानी भनिएको सिजी कर्प ग्लोबलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतमा विनोध चौधरीका गैर आवासीय नेपालीको ुस्ट्याटसु भएका कान्छा छोरा राहुल चौधरी हुन् । सिजीमा विदेशी भनिएको सिजी कर्पको १७ दशमलव ६ प्रतिशत लगानी रहेको भनिएको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर मात्र विदेशबाट लगानी ल्याउनुपर्ने र यसरी गरिएको लगानी वा लगानीबापतको लाभांश, रोयल्टी वा लगानी फिर्ता लैजानलाई पनि राष्ट्र बैंकको स्वीकृति चाहिने कानूनी व्यवस्था छ। विदेशी लगानी ल्याएर २०७० सालमा सिमेन्ट नै उत्पादन गरिसकेको कम्पनीमा गरिएको उक्त विदेशी लगानीको वैधानिकता सिजीले अहिले खोजेको हो।
नेपालका एक मात्र खर्बपती सांसद विनोध चौधरीको चौधरी ग्रुपमाथि अर्को बाटोबाट नेपालबाट विदेशी पूँजी लगेको आरोप लाग्दै आएको छ। अहिले आएर सिजी सिमेन्टमा त्यो बेला गरिएको विदेशी लगानीको वैधानिकता खोजेको यस घटनाले आरोप पुष्टीमा एउटा प्रमाण जुटेको छ। साथै यस घटनाले चौधरी ग्रुप विदेशी लगानी रहेको भन्दै उक्त लगानी विदेश फिर्ता लाने अर्थात विदेश पूँजी पलायन गर्ने तयारीमा रहेको आशङ्का उब्जिएको छ।
यस अघि :