उद्योगीले प्रधानमन्त्री भेटेपछि कुलमान झनै आक्रामक, अग्नि सिमेन्टको पनि विद्युत लाइन काटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2023 | 11:17:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरणले उद्योगको बिद्युतको लाइन काट्ने कामलाई निरन्तरता दिएको छ। नेपाल बिद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको हो। 

शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको रु ४७ करोड वक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए। डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे वापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ ।

यससंगै प्राधिकरणले बिद्युत काटेका उद्योगको संख्या २३ पुगेको छ। उच्चस्तरीय समिति मार्फत समाधान खोजिनुपर्ने आवाज बलियो हुँदैगर्दा प्राधिकरणले बिद्युतको लाइन काट्ने कामलाई तिब्रता दिएको हो। 

यस अगाडी प्राधिकरणले पहिलो लटमा ४, दोस्रो लटमा ५  र तेस्रो लटमा १३ गरि २२ उद्योगको बिद्युतको लाइन काटीसकेको छ। उद्योगीहरुले ट्रंक र डेडिकेटेड लाइनको विवाद मिलाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि कुलमान झनै आक्रामक बनेका छन्।  

प्राधिकरणले थप महसुल नतिरेको आरोपमा शुक्रबारमात्रै  बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एण्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेट प्लास्ट र बुटवल सिमेन्टको लाइन काटेको हो।

प्राधिकरणले लोडसेडिंङको बेलामा अतिरिक्त बिद्युत प्रयोग गरेको भन्दै ६१ वटा उद्योगलाई झन्डै २२ अर्ब थप शुल्क तिर्नलाई बिलिंग गरेको छ। प्राधिकरणले बिल पठाएका उद्योगले महशुल नतिरे सबैको लाइन काटिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले घोषणा नै गरिसकेका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved