‘कुलमान घिसिङमा मैले जे बोल्यो त्यही कानुन हो भन्ने घमण्ड देखियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 04:35:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूले जे बोल्यो त्यही कानुन हो जस्तो व्यवहार देखाइरहेको आरोप लगाएका छन् । ‘प्रमाण देउ, पैसा तिर्छौँ’ भन्दा प्रमाण देखाउनु सट्टा आफूले जो बोल्यो त्यही नै कानुन हो भन्ने घमण्ड कुलमान घिसिङमा देखिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले टिप्पणी गरे ।

‘प्राधिकरणको विनियमावलीमा दैनिक ६ घण्टा लोडसेडिङ भएको बेला २० घण्टाभन्दा बढी विद्युत् पाएकोमा प्रिमियम शुल्क लाग्छ भनेको छ, तर कुलमान घिसिङ १५ घण्टा बिजुली पाए पनि प्रिमियम शुल्क तिर्नुपर्छ भनिरहनुभएको छ,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘उहाँ भावनात्मक भएर उद्योगी व्यवसायीलाई अपराधी करार गर्न उद्धत देखिनु भएको छ ।’

उनले समस्या गाँजिएर आउँदा पनि सरकार संवेदशील नभएको समेत गुनासो गरे । विद्युत नियमन आयोगले पनि समस्याको ठाँगो फुकाउन प्रयत्न नगरेको उनको आरोप छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रका कुरा सुन्ने भन्दा पनि थुन्ने तर्फ सरकार अग्रसर हुँदा समस्या गाँजिदै गएको पनि बताए ।

‘समस्या समाधान गर्नुको सट्टा उद्योगीको टाउकोमा तरबार झुण्ड्याउने काम भएको छ, यो तत्काल रोकिनुपर्छ’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved