उद्योगमा बिजुली काटिएपछि बढ्यो डण्डीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2024 | 11:40:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले उद्योगमा बिजुलीको लाइन काटेपछि फलामे डण्डीको भाउ बढेको छ । पछिल्लो एक हप्तामा डण्डीको भाउ प्रतिकिलो ६ रुपैयाँसम्म बढेको व्यवसायीहरुले बताएका छन् ।

निर्माण सामग्री व्यापार संघका अनुसार उद्योगबाटै डण्डीको भाउ बढेर आएको छ । बिजुलीको लाइन काटिएपछि उद्योगहरुको उत्पादन नै बन्द हुँदा भाउ बढेको बताइन्छ । 

अहिले बजारमा डण्डी प्रतिकिलो ९८ देखि ९९ रूपैयाँमा बिक्री भइरहेको छ । यसअघि प्रतिकिलो ९२ देखि ९३ रूपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको थियो ।

अधिकांश उद्योगको उत्पादन बन्द भएकाले भाउ बढेको उद्योगीहरुले बताउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved