उद्योगमा बिना शर्त लाइन जोड्न माग गर्दै ज्ञापनपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 04:08:44 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीका १९ वटा उद्योगहरुले विद्युत कटौती गरिएका उद्योगहरुको लाइन जडान गर्न माग गरेका छन् । थप उद्योगको लाइन नकाट्न र अहिले लाइन काटिएका उद्योगहरुमा बिना कुनै शर्त लाइन जडान गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएका छन् ।

उद्योगीहरुले उद्योगको विद्युत लाइन बिना शर्त जडान नगरिए १९ वटै उद्योग एकैसाथ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरुमा प्राधिकरणले ट्रंक लाइनको छुट बिलको हवाला दिँदै विवादित महशुल नतिरेको आरोपमा लाइन काटेपछि आफूहरु आन्दोलनको चेतावनी दिन बाध्य हुनु परेको उद्योगीहरुले बताएका छन् । 

सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर श्रेष्ठले एक्कासी लाइन काटिँदा उद्योगीसँगै मजदूर पनि बिचल्लीमा परेको बताए । उनले शुक्रबारसम्म बिना कुनै शर्त लाइन नजोडिए उद्योग बन्द गरेर तालाचाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाउने पनि चेतावनी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved