यी उद्योगले पाए सुपारी र मरिचको आयात अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 11:11:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले औद्योगिक कच्चा पदार्थका रुपमा सुपारी र मरिचको आयात अनुमति दिएको छ । उद्योग विभागले विभिन्न उद्योगहरुलाई सुपारी र मरिचको आयात अनुमति दिएको हो ।

उद्योग विभागले आयातका लागि आवेदन दिन सूचना आह्वान गरेकोमा निवदेन दिएका उद्योगहरुलाई आयातको अनुमति दिइएको हो । सबैभन्दा धेरै सुपारी आयातको अनुमति पाउनेमा श्रीराम टोवाको उद्योग प्रा.लि. रहेको छ । यस उद्योगले २ हजार ३३१.३ मेट्रिक टन सुपारी ल्याउन अनुमति पाएको छ । 

मधु प्रोडक्सले ८४.६५ मेट्रिक टन, श्री देउती गुड्का इण्डष्ट्रिजले ३४४.८ मेट्रिक टन र जार्ड फ्रेगनेन्स इण्डष्ट्रिजले ६०६ मेट्रिक टन सुपारी आयातको अनुमति पाएका छन् । त्यस्तै, महाशक्ति गुड्खा उद्योगले ५२ मेट्रिक टन, नारायणराज प्रोडक्सले २४ मेट्रिक टन र लुम्बिनी पान मसला उद्योगले १६ मेट्रिक टन सुपारी ल्याउन विभागबाट अनुमति पाएका छन् । 

मरिचको आयात अनुमति पाउने उद्योगहरुमा यशोदा फुड्स प्रा.लि. (कालो मरिच ११ मेट्रिक टन र सेतो मरिच ५ मेट्रिक टन),  मोहित स्पाइसेस एण्ड प्रोडक्ट्स प्रा.लि. (कालो मरिच २७.४२ मेट्रिक टन), श्री दुगड स्पाइसेस एण्ड फुड्स प्रोडक्ट्स प्रा.लि. (कालो मरिच ५६ मेट्रिक टन र सेतो मरिच २६.३९ मेट्रिक टन), त्रिमूर्ति इण्डष्ट्रिज प्रा.लि. (कालो मरिच ११ मेट्रिक टन, सेतो मरिच १.४८ मेट्रिक टन) रहेका छन् । 

त्यस्तै डाबर नेपाल (कालो मरिच ३१९ मेट्रिक टन), एसियन थाइफुड प्रा.लि. (कालो मरिच ३२ मेट्रिक टन) र श्री गायत्री स्पाइसेस एण्ड फुड प्रोडक्ट्स प्रा.लि. (कालो मरिच ५९.७७ मेट्रिक टन)ले पनि अनुमति पाएका छन् ।

यसअघि सुपारी र मरिच आयातकर्ता फर्म कम्पनीले ल्याएर उद्योगलाई बिक्रि गर्दै आएकोमा अहिले उद्योग आफैँले औद्योगिक प्रयोजनका लागि सुपारी र मरिच ल्याउन पाउने कार्यविधि बनेको छ । सो अनुसार विभागले सूचना आह्वान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved