काटिएको २२ औं दिनमा जोडियो २३ उद्योगको विद्युत लाइन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2024 | 11:57:21 AM मा प्रकाशित

laxmi  sunrise bank

ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिरेको आरोपमा लाइन काटिएको २२ औं दिनमा लाइन काटिएका सबै उद्योगमा बिद्युतको लाइन जोडिएको छ। शुक्रबार राति १२ बजेसम्म सबै उद्योगमा लाइन जडान गरिएको हो। 

लाइन काटिएका उद्योगका संचालकहरुले शुक्रबार राति १२ बजे अगाडी नै उद्योगमा लाइन जोडिएको पुष्टि गरेका छन्। जगदम्बा स्टिलबाट लाइन जोड्ने काम सुरु भएकोमा शुक्रबार राति १२ बजेसम्म सबै उद्योगको लाइन जोडिएको हो। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकको निर्देशनअनुसार सबै उद्योगमा  लाइन जोडिएको हो। संचालक समितिको बैठकले शुक्रबार १२ बजेअघि नै लाइन जोड्न निर्देशन दिएको थियो। प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले सबै उद्योगको लाइन जोडिएको बिजपाटीलाई बताए । 

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले दिएको निर्देशनलाई टेकेर बुधबार बसेको प्राधिकरणको सञ्चालक समिति बैंठकले मन्त्रिपरिषदको निर्णय आएपछि मात्रै लाइन जोड्ने निर्णय गरेको थियो। बिहीबार अपराह्न ३ बजेतिर उक्त निर्णय आएपछि आज शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन जोड्ने निर्णय गरेको हो। 

प्रधानमन्त्रीको निर्देशनलाई देखाएर प्राधिकरणले पुस ६ गते एकै पटक चार वटा उद्योगको लाइन काटेको थियो। जसमा जगदम्बा स्टिल सहित घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट परेका थिए। त्यसयता पटक पटक गरेर ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिरेको आरोपमा प्राधिकरणले २४ उद्योगको लाइन काटेको थियो। 

यो पनि :

- काटिएको २२ औं दिनमा जोडियो जगदम्बा स्टिलमा बिद्युतको लाइन

उद्योगमा लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

उद्योगीहरुले भने, ‘मन्त्रिपरिषदको निर्णयपछि पनि लाइन नजोडिनु दुर्भाग्यपूर्ण’

लाइन काटिएका उद्योगः जसले भारतमा चिनाइरहेका छन् ‘नेपाल’

प्रधानमन्त्रीको ‘ठाडो’ प्रस्तावलाई उर्जा मन्त्रालयको प्रस्ताव बनाउँदा अझै उद्योगमा लाइन जोडिएन

आयोग गठन र काटिएको बिजुली जोड्ने सरकारको निर्णयमा के भन्छन् उद्योगी ?

आयोग गठन र लाइन जोड्ने निर्णयलाई सकारात्मक लिएका छौँ : पशुपति मुरारका

- भएन सरकारको निर्देशनको सुनुवाई, लिखित नभई काटिएका लाइन नजोड्ने प्राधिकरणको अडान

BREAKING: लाइन काटिएका सबै उद्योगमा बिजुली जोड्ने सरकारको निर्णय

औद्योगिक कोरिडरमा लाइन काट्नु न्यायोचित नभएको महासंघको ठहर, तत्काल समस्या समाधानको माग

‘बिजुली नै नमागेका उद्योगलाई कुलमानले डेडिकेटेड र ट्रंक लाइनको बिल पठाए’

प्रचण्ड देखाएर कुलमानको दादागिरी, फर्जी बक्यौता नतिर्दा काटियो ४ उद्योगको लाइन


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved