सिमेन्ट निर्यातले जगाएको आशा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2024 | 12:40:00 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७६ साल जेठमा बिजपाटी सँगको अन्तरवार्ताका क्रममा सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले ‘लागत कम हुने नीति बन्नुपर्यो, सिमेन्ट निर्यात गरेर देखाउछौँ’ भनेका थिए । यो बीचमा सिमेन्टको उत्पादन लागत घट्ने नीति त सरकारले ल्याएन, निर्यातमा नगद अनुदान दिने कार्यक्रम भने ल्यायो । यसैको बलमा नेपालका सिमेन्ट उद्योगीहरुले भारतमा सिमेन्टको निकासी सुरु गरे ।

यद्यपी, सरकारले घोषणा गरेको निर्यातमा नगद अनुदान उद्योगहरुले पाएका छैनन् ।

भारतीय उत्पादन जसरी नेपाल आएर सहजै बिक्रि वितरण हुन्छन्, नेपाली उत्पादनले त्यो सहजता भारतमा पाउँदैन । भारतीय स्ट्याण्डर्ड लिएपछि मात्रै बल्ल बिक्री गर्न पाइन्छ । नेपालबाट सिमेन्ट निकासीका लागि भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) लिनुपर्छ । यसका लागि नेपाल सरकारले खास सहजीकरण गरेको छैन । जति उद्योगले सिमेन्टको निकासी गर्दै आएका छन्, उनीहरुले आफ्नै बलमा बिआईएस लिएर भारतीय बजारमा नेपाली सिमेन्ट बिक्रि गरिरहेका छन् । नेपालबाट भइरहेको सिमेन्ट र क्लिङ्करको निकासीले ब्यापार घाटा न्यूनिकरणमा राहत पुगेको छ ।

यो पनिः
नेपाली सिमेन्ट बोकेर भारत हिडे ट्रक

नेपालको सबैभन्दा धेरै ब्यापार घाटा भारतसँग छ । चालु आर्थिक वर्ष २०८०/०८१ को ८ महिना (साउनदेखि फागुनसम्म) मा नेपालको ब्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ छ । यसमध्ये ५ खर्ब ६९ अर्ब ६६ करोड रुपैयाँ ब्यापार घाटा भारतसँग मत्रै छ ।

वैदेशिक ब्यापार घाटाको यो कहालिलाग्दो तथ्यांकका बीचमा पनि नेपाली सिमेन्टको भारतमा भइरहेको निकासीले केही आशा जगाएको छ । चालू आर्थिक वर्षको ८ महिनामा २ अर्ब ४७ करोड १७ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भारतमा निकासी भएको छ । 

यो ८ महिनामा १ अर्ब १९ करोड रुपैयाँ बराबरको ३ लाख ९२ हजार ७५४ टन तयारी सिमेन्ट निर्यात भएको छ । यहीँ अवधिमा १ अर्ब २८ करोड ३० लाख रुपैयाँ बराबरको १९ लाख ४ हजार २२८ टन क्लिंकर निर्यात भएको छ ।

‘चालु आर्थिक वर्षमा ५ अर्बको निकासी हुन्छ’

नेपालसँग सीमा जोडिएका भारतीय बजार क्षेत्रमा ठूला ठूला सिमेन्ट उद्योगहरु खुल्न सक्ने सम्भावना छैन । तर, साना साना ग्रान्डिङ उद्योग भने छन् । तिनै ग्रान्डिङ उद्योगले नेपालबाट क्लिङ्कर लगेर सिमेन्ट उत्पादन गर्ने भएकाले तयारी सिमेन्ट भन्दा सिमेन्ट बनाउने कच्चा पदार्थ क्लिंकरको निकासी धेरै भएको उद्योगीहरु बताउँछन् ।

यो पनिः
कसरी सम्भव भयो नेपाली सिमेन्टको भारतमा निर्यात ?
उद्योगीहरुका अनुसार चालु आर्थिक वर्षको समाप्ती हुँदासम्म ५ अर्ब बराबरको सिमेन्ट र क्लिङ्कर निकासी हुने देखिएको छ । यो हरेक वर्ष बढ्दै जाने र यसका लागि भारतीय बजारमा मूल्यका हिसाबले नेपाली सिमेन्ट प्रतिस्पर्धी बन्नुपर्ने सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापा बताउँछन् । उनका अनुसार अहिले मन्दीका कारण सिमेन्टको खपत नहुँदा उद्योगहरु कम क्षमतामा चलेर घाटा ब्यहोरिरहेका छन् भने सरकारले दिने भनेको नगद अनुदान पनि नदिँदा समस्या थपिएको छ ।

२०७९ असारदेखि नेपालबाट सिमेन्टको निकासी सुरु भएको हो । पाल्पा सिमेन्टले पहिलोपटक निर्यात गरेर इतिहास रचेको थियो । त्यसयता अहिले पाल्पासहित अर्घाखाँची, बालाजी, सौर्य, सर्वोत्तम लगायतका उद्योगले भारतमा सिमेन्ट तथा क्लिङ्कर निर्यात गरिरहेका छन् ।

यो पनिः
लाइन काटिएका उद्योगः जसले भारतमा चिनाइरहेका छन् ‘नेपाल’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved