'सीबीआईएलको म्युचुअल फण्डले कसरी दिन सक्यो सबैभन्दा बढी लाभांश?' सीइओ गिरीको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2020 | 09:56:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकको सहायक कम्पनीको रुपमा रहेको सीबिआईएल क्यापिटलले संचालन गरेको दुईवटै म्युचुअल फण्डले उच्च प्रतिफल दिने घोषणा गरेको छ । क्यापिटलले संचालन गरेको सिटिजन्स म्युचुअल फण्ड १ ले कर सहित १५ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २  ले कर सहित १० प्रतिशतका दरले  लाभांश घोषणा गरेको हो। 

म्युचुअल फण्ड १ ले घोषणा गरेको १५ प्रतिशत लाभांश म्युचुअल फण्डहरुले यो बर्ष घोषणा गरेको मध्ये सबैभन्दा उच्च हो । केहि म्युचुअल फण्डहरुले लामो समयसम्म लाभांश नै दिन नसकेका र केहिको लाभांश सिंगल डिजिट मै सिमित भएको अवस्थामा सीबिआईएलले कसरी छोटो समय मै उच्च लाभांश दिन सक्यो ? क्यापिटलले अरुको भन्दा के फरक काम गर्यो ? 

लगानीकर्ताको यिनै चासो र क्यापिटलका भावी योजनाबारे हामीले क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवराज गिरीसँग कुराकानी गरेका छौ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 

कम्पनीको छोटो परिचय ? 

सीबीआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो, तर अरु क्यापिटलको जस्तो हाम्रो नाममा सिटिजन्स देखिने गरि जोडिएको छैन । यसले कतिपयलाई सिटिजन्सको होइनकि भन्ने भ्रम पनि परेको पाईयो । हामी अरु कम्पनी भन्दा नयाँ छौ, बजारको लागि नयाँ खेलाडी हो हामी । हाम्रो दुईवटा सामुहिक लगानी कोष योजना नयाँ छन् । जस मध्ये पहिलो म्युचुअल फण्ड २ वर्ष पुरा भयो, दोस्रो म्युचुअल फण्डले एक साइकल पुरा गर्यो

म्युचुअल फण्डहरु मध्ये सबैभन्दा बढी लाभांश प्रदान गर्ने कसरी सम्भव भयो ? 

यसमा धेरै विषय जोडिएका छन् ।  सुरुदेखि नै लक्ष्य उच्चतम प्रतिफल दिने हाम्रो एक सुत्रीय लक्ष्य थियो जुन बेला हामीले म्युचुअल फण्ड सुरु गर्यौ, त्यस बेला नेपाल स्टक एक्सचेन्ज नेप्से एउटा उचाई छोएर घट्दो क्रममा थियो, हामीले त्यहि घटेको समयलाई नै म्युचुअल फण्ड निष्काशनको लागि उचित समय ठान्यौ घट्दो बजारमा बजार प्रवेश गर्दा पछि बजार बढ्ने र राम्रो प्रतिफल लिन सकिने हाम्रो अनुमान थियो तर दुर्भाग्य, बजार घट्ने क्रम रोकिएन र हाम्रो म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण देखिएन, पहिलो म्युचुअल फण्डमा ७५ प्रतिशत र दोस्रोमा ८५ प्रतिशत संस्थागत आवेदन पर्यो । हाम्रो अनुमान संस्थागत र सर्वसाधारणको आवेदन ५०-५० होला भन्ने थियो नाम चलेकै क्यापिटल कै म्युचुअल फण्डहरुले  पनि लामो समयसम्म प्रतिफल नदिँदा लगानीकर्ताको आकर्षण देखिएको थिएँन

यस्तो अवस्थामा सिंगो म्युचुअल फण्ड उद्योगलाई माथि लैजान सकेमात्र नाफा कमाउन सकिन्छ भन्ने निष्कर्षमा हामी पुग्यौ र त्यहि अनुसारको रणनीति बनायौ म्युचुअल फण्डहरु सबैले गर्ने काम त एउटै हो, तर पनि हामीले त्यहि कामलाई फरक तरिकाले गर्यौ म 'विनर्स डन्ट डु डिफ्रेन्ट थिङ्स्, दे डु  थिङ्स् डिफ्रेन्टली'अर्थात सफल हुनेहरुले फरक काम गर्दैनन् , उनीहरुले कामलाई फरक तरिकाबाट गर्छन् भन्ने भनाईमा विश्वास गर्छु म ।

सोहि अनुसार हामी भीडबाट अलग हिड्यौ। भीड जता गईरहेको छ, त्यो भन्दा अलगबाटो हिडेमा सफल हुन सकिन्छ भन्ने हाम्रो मान्यता हो। अलग बाटो भन्दैमा उल्टो बाटो भने पक्कै होइन।  वारेन बफेटको एउटा भनाइ छ 'अरु डराउँदा आफु लोभी बन्नु पर्छ, र अरु लोभी हुँदा आफु डराएका पर्छ' नेपालको बजारमा बजार बढ्दा हुत्तिएर आएर किनी हाल्ने र बजार घट्न थाल्यो भने आत्तिएर बेच्न थाल्ने प्रवित्ति देखिन्छ । यसो गर्दा लगानीकर्ता बुल ट्रयापमा फस्ने सम्भावना बढी हुन्छ । यो भीडले गर्ने काम हो । तर हामीले घट्दा किन्ने गरेका छौ र बढ्दा बेच्ने गरेका छौ । बजारको प्रकृति नै तलमाथि नै हुने हो, तर अरुले बजार बढ्दा अवसर देख्छ भने हामी बजार घट्दा अवसर देख्छौ ।

हामीले फण्ड निष्काशन गर्दा नै बजार घटेको अवस्था थियो , त्यहि समयमा हामीले शेयरहरु अण्डर भ्यालु अर्थात् सस्तो मूल्यमा पायौ सस्तो मूल्यमा शेयर किन्दा नै हामीलाई फैदा भईसकेको थियो त्यसलाई बढ्दा बेचेपछि फाइदा हुने नै भयो

दोस्रो कुरा बजारमा बढ्दा मात्र नाफा कमाउन सकिन्छ आम विश्वास छ तर घट्दा पनि नाफा हुन्छ लगानीकर्ताको पाटोबाट हेर्दा जति बजार तल घट्यो त्यति धेरै अवसर हुन सक्छ

तेस्रो कुरा, हाम्रो टिमले हरेक शेयरको एकदमै गहन अध्ययन गर्छौ त्यसको आधारभुत विश्लेषण गर्छौ कम्पनीको बिजनेश, पुँजी, आफ्नो सेक्टरको प्रदर्शन, बजारीकरण, वित्तीय अवस्था, नाफा, लाभांशको इतिहास, मूल्य आम्दानी अनुपात, नेट वर्थ, र त्यो कम्पनीको संचालन र ब्यबस्थापनको गहन अध्ययन गर्छौ कम्पनीको सबै अवस्था राम्रो भएपनि संचलान र ब्यबस्थापन गतिलो छैन भने कम्पनीलाई धक्का पुग्छ यी हेरेर मात्र हामी लगानी गर्छौ र हामी लगानीलाई विविधीकरण गर्छौ हाम्रो लगानी एकै ठाउँमा लगानी गर्दैनौ अध्ययन गरेर सबै सेक्टरमा लगानी गर्छौ हामीले रिस्क र रिटर्न फ्याक्टर हेरेर लगानी गर्छौ । कम्पनीको मूल्य र आम्दानीको तुलना हेर्छौ । हामीले क्यापिटल गेनको साथ साथ रिटर्न पनि हेर्छौ क्यापिटल गेन भएन भने त्यसको लाभांशले फाइदा हुने छ भने त्यो पाटोको पनि विश्लेषण गर्छौ केहि सुचना पाएपछि भीड एकातिर दौडने गर्छ तर हामी भीडको पछाडी नलागी, त्यो सूचनालाई पुष्टि गरेर मात्र लगानी निर्णय गर्छौ बजारमा हुने 'पम्प एण्ड डम्प' कर्नारिङ जस्ता गेममा हामी छैनौ

हाम्रो लगानीको १० देखि १५ प्रतिशत मुद्दती खातामा लगानी गर्छौ हाम्रो लक्ष्य नै न्युनतम १० प्रतिशत प्रतिफल दिने रहेको छ र सोहि अनुसार लगानी ब्यबस्थापन गर्छौ साथ साथै हामीले टार्गेट सेट गर्छौ । यदि १५ प्रतिशतको टार्गेट सेट गरिएको छ भने त्यो प्राप्त हुने बितिकै हामी पर्खिदैनौ, प्रफिट बुक गरि हाल्छौ  । ६ महिनामा ३० प्रतिशत प्रतिफल लिनु भन्दा हामी ३ महिनामा १५ प्रतिशत प्रतिफल लिन्छौ ,भोली घटेर त्यहि पनि नपाइने सम्भावना रहन्छ । भोली त्यहिबाट थप टार्गेट सेट गरेरलगानी गर्दा डबल फाइदा हुने भयो । यिनै कारण उच्च प्रतिफल सम्भव भएको हो  ।

आईपिओमा आरक्षण भएर म्युचुअल फण्डले धेरै कमाएको भन्ने आरोप छ नि ?

अहिले बजारमा सबै सेक्टरको आईपिओ आएको छैन अहिले आएको भनेको केहि लघुवित्त, इन्स्योरेन्स र हाइड्रो हो तर यी आईपिओको आकार सानो हुन्छ हाम्रो भागमा एकदमै थोरै आउँछ आरक्षणले थोरै सहयोग गरेको पक्कै हो, तर आरक्षण कै भरमा म्युचुअल फण्डले अरु काम नगरी नगरी कमायो भन्नु गलत हो यदि त्यसो हुन्थ्यो भने सबै म्युचुअल फण्डले कमाएर सबैले उच्च लाभांश दिनु पर्ने, त्यो देखिदैन वर्षौ देखि लाभांश नदिने पनि छन्, आईपिओको आरक्षण सबैलाई छ, खै उनीहरुको प्रतिफल ?

ज्वाई सरहको सुविधा पाएको भन्ने विषयमा तपाइको धारणा के छ ?

त्यो एकदमै हल्का टिप्पणी हो गहिराईमा नपुगी गरिएको टिप्पणी भन्छु म यसलाई म्युचुअल फण्डलाई नेपालमा मात्र होईन संसारभर करमा केहि न केहि सहुलियत छ सानो सानो लगानीलाई परिचालन गरिने भएर ति छुट प्रदान गरिएको हो त्यसमाथि क्यापिटलहरुले लिन पाउने शुल्क घटेको छ अहिले हामीले खरिद गर्दा पनि कर तिरेकै छौ, बेच्दा पनि कर तिरेकै छौ । पुँजीगत लाभकर तिरेको छ, आय कर तिरेको छ । म्युचुअल फण्डका लगानीकर्ताले पाउने लाभांशको पनि कर तिरेकै छौ वास्तावमा भन्ने हो भने कर धेरै नै भएको छ, हामीले ठुलो कारोबार गर्ने भएकोले ब्रोकरलाई तिर्ने कमिशन घटाउनु पर्छ

 म्युचुअल फण्डले विदेशमा पनि लगानी गर्न सक्ने ब्यबस्था छ, अहिलेसम्म किन कसैले पनि त्यो सुविधाको उपभोग नगरेको हो ?

त्यसको दुइवटा कारण छ । पहिलो हाम्रो म्युचुअल फण्डको आकार सानो छ, अहिलेका फण्डको पुँजी १ अर्ब हाराहारी छ तर हाम्रो बजारको आकार २० खर्ब बराबरको छ तर बजारको आकारको तुलनामा म्युचुअल फण्डको पुँजी १ प्रतिशत पनि छैन यहि लगानीको लागि अथाहा अवसर छ भने बाहिर किन जाने ?

दोस्रो कारण विश्व बजारको विश्लेषण गर्न सक्ने जनशक्ति अभाव हो हामीसँग अहीले नै विश्व बजार बुझ्ने तौर तरिकाहरु, जनशक्तिहरु कम छन् विदेश गएर बजार बुझ्नै समय लाग्छ जोखिम उतिकै छ अब हेज फण्ड, भेन्चर क्यापिटल लगायतका औजार आएपछि विश्व बजारमा पनि लगानी गर्न सहज होला, तर अझै पनि हाम्रो क्षमताको विकास गर्नु पर्ने देखिन्छ

अब समग्रमा जाऔ, म्युचुअल फण्ड 'मार्केट मेकर' हुन्, तर आवश्यक पर्दा बजारलाई स्थायित्व दिन किन नसकेको ?

 हामीले बजारलाई स्थायित्व दिएकै छौ ।  बजार बढ्दा किन्ने र घट्दा बेच्ने हामी गर्दैनौ ।  हामी त्यसको ठिक उल्टो बजार घट्दा किन्ने र बजार बढ्दा बेच्ने गर्छौ । यसरी हामीले माग र आपूर्तिलाई सन्तुलनमा नै राखेर बजारलाई स्थायित्व नै प्रदान गरेका छौ । बजार घटेको बेलामा हामीले माग सिर्जना गरेर खरिद गरेर बजारलाई माथि लाने कोशिश गरेकै छौ  । 

क्यापिटलको भावी योजना के छ ?

यो वर्षको बजेटमा हाम्री तेस्रो म्युचुअल फण्ड ल्याउने र खुलामुखी म्युचुअल फण्ड संचालनमा ल्याउने थियो तर कोभिडको कारण त्यो योजना केहि पर धकेलिएको छ सम्भव भएसम्म दुईवटै योजना, त्यो सम्भव नभए बन्दमुखी नै भए पनि तेस्रो योजना संचालनको तयारी छ

हामीले राम्रै गरिरहेका छौ । हाम्रो हरेक वर्षको लक्ष्य कम्तिमा डबल डिजिटको प्रतिफल र र अन्त्यमा १० को २० बनाएर रकम फिर्ता गर्ने योजना छ । त्यस्तै कर्पोरेट एडभाईजरी सेवा, पीएमएस सेवा विस्तारको योजना छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved