पुर्नबीमाको आइपिओमा तपाईलाई कति पर्‍यो शेयर ? बिजपाटीमा यसरी हेर्नुहोस् नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2020 | 10:47:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बुधबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले बुधबार बिहान ७:३० बजे आईपिओ बाँडफांड गरेको हो । 

आईपिओमा कुल  ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका ३ लाख ९० हजार ६ सय ३८  योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको हो । जस अनुसार १० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता नै शेयर पाएका छन् ।  २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता नै शेयर पाएका छन् । 

त्यस्तै ३० कित्ताको लागि आवेदन दिने १२ हजार ७ सय २३ जनाले ३० कित्ता नै शेयर पाएका छन् भने ४० कित्ताको लागि आवेदन दिने २० हजार ९ सय २९ जनाले ४० कित्ता शेयर पाएका छन् । 

५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता शेयर पाएका छन् । ५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनामध्येबाट गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन्  । 

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले कुल पुँजी १० अर्बको १६५ ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशतले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि यस अघि नै बाँडफाँट गरिसकिएको छ ।  बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्री तथा वितरणपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुँदैछ । 

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकाशित भएको छ ।

नतिजा  हेर्न बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा नेपाल रिइन्सुरेन्स छनौट गरी आफ्नो नाम राखेर आफुलाई शेयर परे नपरेको हेर्न सकिनेछ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको वा आवेदन रद्द भएको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved