माया खोला हाईड्रोपावरको आईपीओ बाँडफाँडः ५ हजार बढीको आवेदन रद्द, ८ हजार २ सय जनाले पाए शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 05:10:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मायाँ खोला हाईड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार आज शेयर बाँडफाँड गरेको हो। 

कम्पनीको आईपीओमा ८ हजार ८ सय ७ जनाले ७ लाख ७४ हजार २ सय ३० कित्ता शेयरको लागि आवेदन दिएका थिए। जसमध्ये ५ सय ४९ जना आवेदकहरुले ४७ हजार ३ सय ६० कित्ता शेयरको लागि दिएको आवेदन रद्द भएको छ।

योग्य रहेका ८ हजार २ सय ५७ जनालाई आईपिओ बाँडफाड गरिएको हो। आवेदकले १० कित्ता देखि ३० कित्ता शेयर माग गरेकालाई माग गरे बमोजिम र ४० कित्ता देखि ६ हजार ३ सय सम्म माग गरेकालाई ३० कित्ताको दरले गरि ८ हजार २५७ जनालाई २ लाख १५ हजार ६ सय ७० कित्ता शेयर दिईएको क्यापिटलले जनाएको छ।

बाकी रहेका ४० देखि ६ हजार ३ सय कित्तासम्म माग गरेका ५ हजार ४ सय ८३ जनाले २४ हजार ३ सय ३० कित्ता शेयर पाएका छन्।

माया खोला हाईड्रोपावरले अंकित मूल्य सयको दरमा २ लाख ४० हजार कित्ता शेयर विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि बिक्रि खुला गरेको थियो। आईपिओ गत मंसिर २३ गते देखि पुस ८ गतेसम्म बिक्रि खुला गरिएको थियो।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ। 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved